Responsive Ad Slot

latest

माओवादी स्थायी समिति बैठक आज I

Tuesday, February 7

/ by Admin BHOLA THAPA
काठमाडौ, माघ २४ - माओवादी स्थायी समितिको बैठक मंगलबार बस्दैछ । प्रतिपक्षी कांग्रेस-एमालेले लडाकु समायोजन र शान्ति प्रक्रियाका मूलभूत काम पूरा गर्न सात दिने अल्मिेटम दिएको बेला माओवादी बैठक बस्न लागेको हो ।


पार्टी मुख्यालय पेरिस डाँडामा बिहान ११ बजेपछि बैठक बस्ने जनाइएको छ । बैठकमा प्रतिपक्षी प्रमुख दुई दलले उठाएका विषयहरुमा प्राथमिकताका साथ छलफल हुने बताइएको छ । कांग्रेस-एमालेले सात दिन भित्र समायोजनको प्रक्रिया अघि नबढे सरकारको बहिष्कार, अविश्वासको प्रस्ताव र माओवादीसंग कुनै छलफल नहुनेसम्मको चेतावानी दिएको छ ।

त्यस्तै, लडाकु सरह सुविधाको माग गर्दै अयोग्य लडाकु तथा वाईसीएल आन्दोलमा उत्रेकाले त्यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । राज्यको पुनर्संरचना र शासकीय स्वरुवपका विषयमा पनि बैठक केन्द्रीत हुनेछ ।कान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI