Responsive Ad Slot

latest

मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौ बाचन श्रृखला सम्पन I

Saturday, February 4

/ by Admin BHOLA THAPA



भोला थापा क्षेत्री,
 अल्खोर कतार  फेब्रुवारी ४ तारिक ।
‘हाम्रै हुन रे सुस्ता गडवाल काशि लेखी देउ
भोका नांगा मजदुर किशान दासि लेखी देउ
बन्ला जस्तो लाग्दैन, बनि हाले संविधानमा
पिरतीमा झाल गर्नैलाई फासि लेखिदेउ...’
सन्ध्या ग्रुपको साहित्यिक विभाग मुग्लानी सौगातको छैठौं डबलिमा वाचित तनहु“ का   सोम थापाको मुक्तक हो माथीको । हरेक महिनाको पहिलो हप्ता विहिबार हुने वाचन श्रृखलामा यस्तै मुक्तक,गजल,कविता, हाईकुहरुको वाचन गरिन्छ । गत विहिवार पनि आफ्नो छैठौं वाचन यस्तै विभिन्न साहित्यिक वाचन संगै सम्पन्न भयो ।
       संस्थाका अध्याक्षा थर्चलामा को सभापतित्वमा सम्पन कार्यक्रममा  कतारमा रेगीस्तानी कवि लेटाङ मोरङ का कवि तिर्थ संगम राई  वाचिन रचनाको समिक्षा गरेका थिए । उनले दोहामा रहेका प्रतिनिधि कविताहरुको बारेमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै भर्खरै कतार आएका चितवनका गजलकार प्रेम सापकोटाले गजलहरुको शेरहरुबाट भने ‘अनासैया मोडमा मोडीएको जिन्दगी
जहाजको पाईला जस्तै छोडीएको जिन्दगी
भविश्यलाई देखे छैन वर्तमानको निशा नयाँ
आखाँ छोपी घैटौ जस्तो फोडिएको जिन्दगी..’
 बाचन श्रृंखलाको क्रममा दिलीप अविरलले  ईजरयालमा कार्यरत चितवन कि सुमित्र पौडेल आचलसगँको फेसबुकको सवालको जवाफ  मुक्तकबाट सुनाए, झापाका चन्द्र कुमार थापाले सम्वोधन शिर्षक  कविता ,धादिङका थर्चा लामाले गीत , नुवाकोटका राजन लामा डिम्डुङले सफल पे्रम गजल , देब खडका  भावाना , राजेन्द्र खनालले कविता , भोला थापा क्षेत्री ले भावाना प्रस्तुत गरे । कार्यक्रममा गोर्खाका राजेश्वर ढकालले गजल मार्फत
‘उनले नजर जुधाउदा झुकाएछु किन ?
मनको कुरा उनी सगँ लुकाएछु किन ?
सबै कुरा उनी सामु खोल्छु भन्दा भन्दै
मुख मानै शब्दहरु सुकाएछु किन ?’ सुनाए ।
कार्यक्रम संचालन संस्थाका सचिव राजेन्द्र खनालले गरेका थिए भने कार्यक्रम बेलुकी ९ वजे देखी १२ बजे सम्पन भएको थियो ।


Don't Miss
© all rights reserved
made with by netKUTI