काठमाण्डौ,
माघ २०-रेखा पनि अचम्मकी छिन् । उनी हिरो फेर्न जति माहिर छिन् समय अनुरूप आफूलाई कहाँ कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो ज्ञान पनि उनलाई धेरै नै छ ।

प्रिमियरमा सेक्सी भएर आएकी रेखाले जीवनलाई काखी च्याप्दै सविनलाई वास्ता गरेकी थिईनन् । जसकारण आफूसंगै आएकी गड मदरले साथ नदिदा सविन निराश देखिन्थे । तर प्रिमियर शो सुरू भएपछी भने सविनले रेखासंगै बसेर फिल्म हेरे । कार्यक्रममा जीवनले १९८० को स्टाईलमा बनेको पाईन्ट लगाएर आएका थिए जसलाई रेखाले धेरै मन पराएको फिल्मीखबर समक्ष बताईन । यस्तै रेखाको गेटअपलाई पनि जीवनले तारिफ गरे । रेखाले रावणमा निभाएको कालीको क्यारेक्टर अनुरूप आफ्लो हेयर लुक्सलाई कर्ली बनाएकी छिन् ।
हाल सम्म पाँच वटा सिनेमामा संगै अभिनय गरिसकेका जीवन र रेखाको केमेष्ट्रीलाई दर्शकले पुनः हेर्न पाउने छन् । चर्चित फोटोग्राफर बिकास रौनियारकी श्रीमती सम्झना उप्रेती रौनियारले निर्देशन गर्न लागेको एक अनटाईटल प्रोजेक्टमा यि दुई एकसाथ देखिने करिब पक्का नै भएको छ । अन्दाजमा यि दुईले सिम्पल सिम्पल कान्छीको गीतमा कम्मर मर्काएका थिए सोही अनुरूप मालतीको भट्टीको भट्टी डान्सबाट दर्शकलाई तताउने तयारी पनि यि दुईको छ ।
फिल्मीखबर,