चितबन माघ २२ गते ।
राज्य पुन संरचना आयोगको प्रतिबेदनको बिरोध गर्दै बिरोधमा उत्रिएका चितवनका राजनितिक दलले पहिलो चरणको अन्तिम कार्यक्रम स्बरुप हिजो पश्चििम चितवनको चनौलि र नारायणगढको शहिद चोकमा बिरोध सम्पन्न गरेका छन ।
बिरोध सभामा चितबनमा क्रियाशिल राजनैतिक दलका नेता एबम उद्योग बाणिज्यका अध्यक्ष तिलचन्द्र भटराई लगायत बिभिन्न ब्यबसायी ले ले सम्बोधन गरेका थिए । पुल्चोकमा भएको कोण सभामा माओवादी जिल्लाइन्चार्ज अनिल शर्मा विरही , नेपाली काग्रेशका सभापति विकास कोईराला ,नेकपा एमालेका अध्यक्ष कृष्ण खनाल , नेकपा माले चितवनका जिल्ला सचिव परशुराम लामिछाने ,राप्रपा चितवनका अध्यक्ष रामहरी कंडेल र राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीना लगायतले सम्वोधन गरेका थिए । कोणसभालाई सम्वोधन गर्दै नेताहरुले राज्यपुर्नसंरचना आयोगले वुझाएको सुझाव प्रतिवेदन सच्चाउन माग गरेका थिए ।
त्यस्तै चनौलिमा भएको बिरोध कार्यक्रममा बोल्दै दलका नेताहरुले आयोगको प्रतिबेदन चितवनबासीका लागी कुनैपनि हालतमा मान्य नहुने बताएका छन । जिल्लाबासी जागरुक हुने बेला आएको भन्दै यो बेला पनि चुप लागेर बसे चितवनको अस्तीत्व समाप्त हुने उनीहरुको भनाई छ। कार्यक्रममा माओबादी जिल्ला सह इन्चार्ज अभिनास, नेपाली कांग्रेशका बिजय भुषाल , नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्ण खनाल , नेकपा मालेका सचिब परशुराम लामीछाने लगायतले बोल्नु भएको थियो ।
यसैबिच
राज्य पुर्न संरचना आयोगको प्रतिबेदनको बिरोधमा स्थानीय राजनितिक दलहरुले पूर्वी चितवनमा आज बिहान एक घण्टा चक्काजाम गरेका छन् । आज पुर्बि चितवनको रत्नगरमा उनिहरुले बिहान साढे सात बजेदेखि साढे आठ बजेसम्म एक घण्टा पुर्ब पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । बृहद चितवन उपत्यकाको क्षेत्रलाई छु्ट्टै नारायणी प्रदेश बनाउनु पर्ने माग गर्दै आएका चितवनका राजनितिक दलले चितवनलाई टुक्राएर मधेश प्रदेशमा गाभ्ने प्रयत्न भएको भन्दै बिरोध गरेका छन् । छुट्टै प्रदेश बन्नका लागि चितवनको छुटटै पहिचान र सामथ्य भएको भन्दै राजनितिक दलहरुले छुट्टै प्रदेश नपाउदा सम्म संघर्ष जारी राख्ने बताउंदै आएका छन् ।