Responsive Ad Slot

latest

कविता-आऊ उत्सव मनाऔं (सेन्ट भ्यालेन्टाइन)

Monday, February 13

/ by Admin BHOLA THAPA

आऊ एउटा उत्सव मनाऔं
पास्चात्यको पुच्छर समातेर
एउटा स्वर्णीम प्रेमकोे
एउटा सिला थपौ जहां पुर्खाका
अमर प्रेमगाथा सबैका ह्दयमा खोपिएका छन्
पादरीलाई देवतामानेर
पे्रममाला पहिराऊ सभ्य आदिम प्रेम,
वासनामय प्रेमको चर मोक्तर्समा
फेरी आध्यात्मीक प्रेमको सिलन्ञ्यास गरौ
जो नपाएरै तिृप्त हुन्थे , त्याग ,बलिदान अनि सर्मपणमा
पर्यावाची बनौ फेरी अर्कै नाम जोडौं
मुनामदन, लैलामज्नु ,हिररांजा रोमियोजुलियट उस्तै जस्तै
क्लोडियसलाई चुनौती दिऊ, अस्लिल प्रेमको लागि हैन
एउटा सभ्य, भद्र, सालिन पवित्र प्रेमको लागि
बिक्ने प्रेम हैन एउटा अनमोल प्रमको लागि
आऊ प्रेमका पुष्प गुच्छा अर्पण गरौ प्रेमदुतसेन्ट भ्यालेन्टाइनलाई
रोम र क्याथोलिक हुदै वहने हावालाई
विछोडिएका प्रेमाआत्माका शोकाकुल सुस्केराहरुलाई
मनसँग मनमिलाउने पावन पर्वलाई ।।।

सागर श्रेष्ठ
ब्यास ११ दमौली
तनहुँ 
हाल :अल्खोर कतार
Don't Miss
© all rights reserved
made with by netKUTI