काठमान्डौ फागुन १४ गते ।
पार्टी फुटाएर अलग्गै पहिचान बनाएका नेताहरुले जेलमा समेत पुस्तकालय फुटाएका छन् । नेपाली काँग्रेसबाट विद्रोह गरी काँग्रेस प्रजातान्त्रिक गठनमा निकै महत्वपूर्ण भूमिका खेलेका पूर्वमन्त्री चिरञ्जिवी वाग्ले र काँग्रेसबाटै फोरम राजनीतिमा लागेका जयप्रकाशप्रसाद गुप्तालाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइब्रेरी नै फुटाउनु परेको हो ।
भ्रष्टाचार अभियोगमा जेल सजाय पाएका विशिष्ट अभियुक्तलाई राख्न डिल्लीबजार कारागार प्रशासनले लाइब्रेरीलाई एउटा कुनामा थन्क्याएर कोठालाई आधारआधा गरी बारेको छ ।जेलमा कोठा नभएपछि एक वर्षअघि पूर्वमन्त्री वाग्लेका लागि लाइबे्ररीको आधा भा फुटाइएको थियो ।
कारागकार विभागका महानिर्देशक दुर्गाप्रसाद भण्डारीले खाली कोठा नभएका कारण उनीहरुलाई एउटै ब्लकको पुस्ताकालय नै विभाजन गर्नुपरेको बताए ।सूचना तथा सञ्चारमन्त्रीमा बहाल रहेकै अवस्थामा भ्रष्टाचारी ठहर भएका गुप्ताले डिल्लीबजार कारागार नै रोजेपछि लाइब्रेरीकै बाँकी भागमा राख्नुपरेको हो । वाग्ले र गुप्तासहित डिल्लीबजार कारागारमा अहिले तीन पूर्वमन्त्री छन् ।