काठमान्डौ,फागुन १५ गते ।
तोकिएको समयमा सविधान निमार्ण, सघिंयताको खारेजी र स्थानीय निकायमा सिघ्र निर्वाचनको माग गर्दै राष्ट्रिय जनमोर्चाले आज आवहन गरेको राप्ती र लुम्बिनी अन्चल बन्द फिर्ता भएको छ । आज मगर सघंको स्थापना दिवस परेको हुदाँ आजको बन्दलाई भोलि सारिएको जनमार्चाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जिवन रानाद्धारा हस्ताक्षरीत विज्ञप्ती अनुसार भोलि राप्ती र लुम्विनी बन्द हुनेछ । गत पुस १५ गतेदेखि जनमार्चाले विरोधका कार्यक्रम गर्दै आएको छ ।