Responsive Ad Slot

latest

सभापतिले नै भन्न थाले-’जेठ १४ मा संबिधान आउँदैन I

Sunday, February 26

/ by Samsung
काठमान्डौ फागुन १४ गते । 
संबिधानको प्रारम्भिक मस्यौदा बनाउने जिम्मेवारी पाएको संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले जेठ १४ मा संबिधानको मस्यौदा आउने सम्भावना टरिसकेको बताएका छन् ।
‘सम्पूर्ण प्रकृयाअनुसार बाँकी तीन महिनामा संबिधान जारी गर्न सम्भव छैन’- आचार्यले भने-पार्टीहरुवीचको सम्बन्धलाई सुधार ल्याउँदैनौ भने तीन महिनामा जनताले चाहेको परिणाम कुनै पनि हालतमा दिन सक्दैनौं ।
नयाँ पत्रिका दैनिकलाई अन्र्तवार्ता दिंदै आचार्यले केही बिबाद मिलेको जस्तो देखिएपनि आधारभूत र मूल बिषयमा धेरै बिबाद बाँकी नै रहेको बताएका छन् । दलहरुवीच सहमति भयो भने पनि सवै प्रकृया पुरा गरेर तीन महिनामा संबिधान जारी गर्ने सम्भावना टरिसकेको आचार्यको दावी छ । 

पटक पटक समय तालिका बढाएपछि त्यो समाधान नभएको पुष्टी भएको भन्दै आचार्यले भनेका छन- तालिका संसोधनमात्र समस्याको समाधान हैन भन्ने प्रमाणित भइसक्यो ।’
Don't Miss
© all rights reserved
made with by netKUTI