काठमाण्डौ,
माघ २८- सत्तासाझेदार एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज सरकार सञ्चालन, ४ बुँदे सहमति कार्यान्वयन लगायतको बारेमा छलफल हुने भएको छ । आफ्नै पार्टी भित्रको बैद्य समूह र प्रतिपक्षी दलका नेताहरुले राजिनामाको माग चर्काइरहेको बेला प्रधानन्त्री डा बाबुराम भट्टराईले मोर्चासँगको बैठक बोलाउनु भएको हो ।
माओवादी र मोर्चाबीचको बैठक दिउँसो ४ बजेपछि प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु हुनेछ । आजको बैठकमा सरकार गठन गर्नुअघि भएको ४ बुँदे सहमति र ती बुँदाहरु कार्यान्वयनको बारेमा समीक्षा हुने मोर्चाले जनाएको छ ।
माओवादी भित्रैबाट भइरहेको प्रधानन्त्रीको राजिनामा माग र राष्ट्रिय सहमतिको सरकार गठनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।