काठमान्डौ, फागुन १४ गते ।
भोलीबाट लोडसेडिङ दैनिक एक घण्टा घट्ने भएको छ ।कुलेखानी जलायशमा पानी जम्मा भएको तथा चुहावट नियन्त्रणमा कमी आएकाले लोडसेडिङ प्रतिहप्ता ६८ घण्टामा झार्न लागिएको प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिी शर्माले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो विद्युत चुहावटसँगै उपभोक्ताबाट पनि राम्रो सहयोग पाएका छौं ।’ हाल सातामा ७५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
यस्तै विद्युत चुहावट हुने क्षेत्रहरुमा भने बढी लोडसेडिङ हुनेछ ।उहाँका अनुसार औद्योगिक फिडरहरु भएको क्षेत्रहरुमा भने दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । हाल सातामा १३ घण्टा होडसेडिङ हुँदै आएको छ ।