Responsive Ad Slot

latest

नेपाल मगर संघको ३० औं स्थापना दिवस ।

Monday, February 27

/ by Samsung
काठमान्डौ,फागुन १५ गते ।
नेपाल मगर संघको ३० औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । मगर संघले आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै मनाउन लागेको जनाएको छ । दिवसकै अवसरमा आज रुपन्देहीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएको छ । मगर संघ। जिल्ला समिति, रुपन्देहीको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरिएको संघका संयोजक अमरबहादुर थापामगरले बताउनुभयो ।

यसैबीच संघले एक विज्ञप्ति जारी गरि फागुन १५ गते सार्वजनिक विदाको व्यवस्था मिलाउंन सरकारसंग माग गरेको छ । संघको स्थापना दिवस मगर समुदायको महान पर्व भएकाले सार्वजनिक विदाको व्यवस्था मिलाउंन सरकारसंग माग गरिएको हो । मगर समुदायले प्रत्येक बर्ष फागुन १५ लाई मगर दिवसको रुपमा मनाउने गर्दछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI