Responsive Ad Slot

latest

प्रमुख तीन दलका शीर्ष नेताको बैठक जारी I

Sunday, February 26

/ by Samsung

काठमान्डौ फागुन १४ गते ।
शान्ति प्रक्रिया, संविधान लेखन र संयुक्त राष्ट्रिय सरकार गठनलगायतका विषयमा प्याकेज सहमति जुटाउने प्रयासमा रहेका प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पुनः बसेको छ ।बैठक नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी छ । यसअघि शनिबारका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै आजका लागि स्थगित गरिएको थियो ।

बैठकमा यसअघि शुक्रबारको बैठकको निर्णयअनुसार शान्ति, संविधान र विभिन्न आयोग गठनका विषयमा तीनै आ(आफ्नो जिम्मेवारीमा परेको विषयमा प्रस्ताव पेस गर्ने कार्यक्रम छ । जसअनुसार माओवादी अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिय, काँग्रेस सभापति सुशील कोइरालाले विभिन्न आयोग गठन र संविधान लेखनका विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव पेस गर्नुहुनेछ ।

बैठकमा तीनै नेताले आ-आफ्नो जिम्मेवारीमा रहेका विषयमा प्रस्ताव पेस गर्ने र ती सबैलाई मिलाएर साझा प्रस्ताव तयार पार्ने विषयमा छलफल हुने बताइएको छ । केही दिनअघि बसेको तीन दल बैठकले नेपाली सेनाले प्रस्ताव गरेको लडाकु समायोजनसम्बन्धी प्रस्ताव, संविधान लेखनका क्रममा देखिएका विवाद कम गर्ने तथा संयुक्त राष्ट्रिय सरकार गठनको विषयमा सहमति कायम गर्ने जिम्मेवारी शीर्ष नेताहरुलाई दिएको थियो ।

बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, काँग्रेसबाट सभापति कोइराला र एमालेबाट नेता नेपाल तथा प्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी हुनुहुन्छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI