Responsive Ad Slot

latest

भ्रष्टाचारका चार सय मुद्धा पाइपलाइनमा I

Sunday, February 26

/ by Samsung
काठमान्डौ फागुन १४ गते ।
 भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको कसुरप्रमाणित भर्य बहालवाला मन्त्री जेपी गुप्ता जेल चलान भएपछि यस्तो अभियोगमा मुद्धा चलाइएका अन्य अभियुक्तको मुटुमा ठ्याङ्ग्रो ठोकिएको छ ।
सर्वोच्च अदालतमा अब पूर्वमन्त्री खुमबहादुर खड्का, पूर्वसहसचिव अरुणकुमार रञ्जितकार, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पीए गोकर्ण नेपाल, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्मालगायतको मुद्धा छिनोफानोको सूचीमा छन् । 

अकुत सम्पत्ति, नक्कली प्रमाणपत्र, सम्पत्ति हिनामिना, बैंक ठगी, किर्ते सही छापलगायतका सर्वोच्च अदालतमा अहिले भ्रष्टाचारसम्बन्धी चार सय मुद्धा विचाराधीन छन् ।

मुद्धा चलाउने ‘हदम्याद’ को प्रश्न उठाएर तथ्यभित्र प्रवेश नै नगरी विशेष अदालतदले खारेज गरेका पूर्वप्रहरी प्रमुख मोतिलाल बोहरा, अच्युत कृष्ण खरेल, पूर्वमन्त्री गोविन्दराज जोशी, रवीन्द्रनाथ शर्मा, पूर्वरक्षासचिव चक्रबन्धु अर्याल, पूर्वगृहसचिव पदमप्रसाद पोखरेल र विमानस्थल भन्सारकी पूर्वप्रमुख सावित्री राजभण्डारीको मिसिल सर्वोच्चे पुनः तथ्यभित्र प्रवेश गनरी सुनुवाई गर्न विशेषमै पठाएको छ । 

आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचारमा लेखिएको छ, यी मुद्धामा छिटो पेशी तोकिने विशेषका रजिष्ट्रार थीरबहादुर चन्दले बताए । मोतीलाल र अच्युत कृष्ण खरेलको मुद्धाको पेसी तय भइसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI