१४ फागुन।मोर्चा घटक फोरम गणतान्त्रिकक अध्यक्ष तथा सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ता भ्रष्टाचार ठहर भई जेलचलान गरिएपछिको अवस्थाका बारेमा छलफल गर्न संयुक्त मधेसी मोर्चाको बैठक आज बस्दैछ ।बैठक लोकतान्त्रिक फोरमको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेपछि बोलाइएको छ । बैठकले गुप्ता भ्रष्टाचार मुद्धामा जेल गएको सम्बन्धमा मोर्चाको आधिकारीक धारणा तय गर्नुका साथै मधेस आन्दोलनमा त्यसले पारेको प्रभावका बारेमा समीक्षा गर्ने बताइएको छ । बैठकले मोर्चामा गणतान्त्रिको स्थान अब कु हुने भन्नेमा समेत छलफल गर्ने बुझिएको छ ।यसअघि मोर्चाले गुप्ता लेज गएको विषयलाई राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो । फोरम गणतान्त्रिकको तीन दिनसम्म चलेको बैठकले गुप्तालाई अध्यक्षमा यथावत राखेर सह-अध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । पटकपटक सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति जम्मा गरेको ठहर गर्दै सर्वोच्चले मंगलबार गुप्तालाई डेढ वर्ष कैद र ८४ लाख जरिवानाको फैसला सुनाएको थियो ।