रामचन्द्र नेपाल
मलेसिया फागुन १३ गते । मजदुरीका लागि मलेसिया गएका एक नेपालीले झुण्डियर आत्महत्या गरेका छन । मुहारको पारिजामिलमा रहेको एसपी फर्निचरमा कार्यरत नुवाकोटका २९ वर्षीय मनबहादुर तामाङले कम्पनी नजिकैको रुखमा झुण्डिएर केही दिनअघि आत्महत्या गरेका हुन ।
तामाङ कामको सिलसिलामा पाँच वर्षअघि मलेसिया पुगेका थिए । तामाङलाई घटनाको केही दिनअघि मात्रै घर र्फकनका टिकट उलपब्ध गराइएको कम्पनीले जनाएको छ । घटनाको अघिल्लो दिन तामाङले अत्याधिक मादक पद्धार्थ सैवन गरी जथाभावी बोल्दै हिँडेको उका साथीहरुले बताएका छन् । आत्महत्याको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।