Responsive Ad Slot

latest

कविता-खुत्रुक्क मर्छ -जय छाङछा

Wednesday, February 22

/ by Admin BHOLA THAPA


–जयबहादुर छाङछा


एउटा मान्छे हो जय छाङछा
सास फेर्छ,खान्छ ,रुन्छ, हाँस्छ
अरु मान्छे भन्दा कति पनि फरक छैन
अरु मान्छे भन्दा भिन्न हुनै सक्दैन
त्यसैले,
अरु मान्छे सरह वाँच्छ
र अरु मान्छे जस्तै दिन्गन्ती पुराएपछि
खुत्रुक्क मर्छ जय छाङछा ।

अजम्वरीको जुनी लिएर
अभिनासीको आशिरवार्द पाएर
अमृतको धारा पिउँदै
कदापी आएको हैन जय छाङछा यो लोकमा
त्यसैले नियमीत प्रक्रियालाई स्वृकारदै
निश्चित छ एकदिन उस्ले पनि
यो दुनियालाई छोडेर जानै पर्छ
खुत्रुक्क मर्छ जय छाङछा ।

कोही कसैको लागि पनि मृत्युको विकल्प छदै छैन
नाकट अभिनयको अन्तिम दृष्य हो मृत्यु
मन्चन पछि पर्दा लाग्छ मन्चमा
त्यसरी नै पर्दा लाग्छ
जय छाङछाको जीवनमा
त्यसैले कुनै शंका गर्नै पर्दैन ।
दियालो छोडेर परलोक गमन गर्नैपर्छ उस्ले
अर्थात ,
मर्छ जय छाङछा ।

जन्मदै देख्ने हरुले भन्ने गर्थे
रुदै आएको थियो रे धर्तीमा
भविष्यद्रष्टाहरुले भन्ने गरेका छन रे
हाँस्दै छोड्छ यो धर्ती
खै कस्लाई थाहा होला र ?
कस्तो मराई हुन्छ उस्को
तैपनि निश्चित छ,
उस्को समय सकिएपछि
अनन्त यात्रामा जुट्छ जुट्छ
अर्थात ,
मर्छ जय छाङछा
–(छाङछा नेपाली नियोग कतारका दितिय सचिव हुन । )


Don't Miss
© all rights reserved
made with by netKUTI