दोहा (कतार)
फागुन ८ गते ।
प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट दिप प्रज्वलन गरि तथा कार्यक्रमको व्यानर अनावरण गरि समुद्धघाटन गरिए पछि नेपाली राष्ट्रिय गान संगै कार्यक्रम बिधीवत रुपमा अगाडी बढेको उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष प्रकाश बि.क. ले राख्नुभएको थियो भने आयोजककै तर्फबाट सल्लाहकार रामप्रसाद गौतमले उक्त समारोहमा संचालन हुने बिभीन्न खेलकुद कार्यक्रम तथा अन्य कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा गत जनवरीमा सम्पन्न कास्की आदर्श सेवा समाजको तेस्रो अधिवेसनबाट र्निबिरोध निर्वाचित नयाँकार्यसमिती तथा सल्लाहकारहरुको परिचय गरिएको थियो । साथै उक्त समारोहको अवसरमा नै संस्थाका संस्थापकहरु क्रमश ः संस्थापक उपाध्यक्ष गोविन्द प्रसाद सुवेदी, संस्थापक सहसचिव हंशराज ढकाल क्षत्री, संस्थापक सदस्यहरु खिम बहादुर कार्की, धन बहादुर कार्की, ध्रुबराज अधिकारी, रामकृष्ण लामिछाने तथा शिवराज दाहाललाई प्रमुख अतिथीको हातबाट संस्थापक प्रमाण पत्रका साथमा सम्मान पनि गरिएको थियो ।
विभीन्न मनोरञ्जनात्मक खेलकुदहरुका साथै फेवा सांस्कृतिक परिवारका कलाकार शोभराज तामाङको प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएकँे उक्त कार्यक्रममा कास्कीकोट सहयोग समाज द्धारा र्निमीत कास्कीकोटमा अवस्थित गुप्तकालीका मन्दिर प्रवेश द्धार निर्माणार्थ सहयोग गरेका चन्दादाताहरुलाई सम्मान गर्नुका साथै कास्कीकोटमा रहेको कालिका उच्च मा.वि. मा गरिब तथा जेहेन्दार छात्रबृत्ती अक्ष्ँयकोष स्थापनार्थ कास्कीकोट सहयोग समाज द्धारा सञ्चालित सहयोग चिठ्ठा कार्यक्रमको नतिजा पनि घोषणा गरिएको थियो जसको प्रथम पुरस्कार डिजीटल क्यामेरा टि.नं ००२३६ का माधव भण्डारीले हातमा पारे भने, दोस्रो पुरस्कार मोबाईल टि.नं ००७१० का गोपाल थापाले हातमा पारे । त्यस्तै तृतिय पुरस्कार डिभीडी प्लेयर टि.नं ०००५० डम्मर बहादुरका नाममा रह्यो भने शान्त्वाना पुरस्कार क्यारी ब्याग क्रमश ः टि.नं ००९१६ दिनेश नेपाली, टि.नं ०१०७० हनिफ मियाँ, टि.नं ००७०३ लक्ष्मण कोइराला तथा टि.नं ०१०४१ का दिपेन्द्र यादवले जित्न सफल रहे । विजेताहरुले टिकटको अर्धकट्टी सहित १५ दिन भित्रमा समाजमा सम्पर्क राख्नुपर्ने जानकारी कास्कीकोट सहयोग समाजका अध्यक्ष बल बहादुर कार्कीले जनाउनुभयो ।
बनभोज कार्यक्रम समाजका सचिव केदार कँुवरले सञ्चालन गर्नुभएको, उक्त कार्यक्रममा करिब तिन सय जनाको उत्साह जनक उपस्थिती रहेको थियो । उक्त अवसरमा नै संस्थाका संस्थापक सदस्य खिम बहादुर कार्कीलाई प्रमुख अतिथीको हातबाट सम्मान पत्र प्रदान गर्दै तथा कार्यक्रमका सभापती एवं समाजका अध्यक्ष आश बहादुर गुरुङबाट दोसल्ला ओढाई सम्मानका साथै बिदाई पनि गरियो । संस्थाको विभिन्न पदमा रही सामजिक काममा अग्रसर कार्कीलाई कास्कीकोट सहयोग समाजका अध्यक्ष बल बहादुर कार्कीले दोसल्ला ओढाई तथा प्रमुख अतिथीले कास्कीकोट समाजको सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो भने क्षत्री सेवा समाज कतारका तर्फबाट पनि का. बा. अध्यक्ष हंशराज ढकाल क्षत्रीले सम्मान पत्र प्रदान गरि बिदाई तथा सम्मान गर्नु भएको थियो ।
उक्त समारोहमा सम्मानित तथा बिदाई हुने व्यक्तित्व खिम बहादुर कार्कीले आफ्नो विगत दश वर्ष देखिको कतार बसाईलाई पुर्णविराम लगाई जन्मभुमि फर्कन लाग्नुको खुशि भन्दा यहाँबाट बिदाई हुनुपर्दा बढि पिडा दायक भएको कुरा व्यक्त गर्दै आफुबाट भएका गल्ती तथा कमिकमजोरीहरु प्रति क्षमा याचना पनि माग्नुभएको थियो भने प्रमुख अतिथी टि. बी. कार्कीले कास्की आदर्श सेवा समाजले यस दोहा कतारमा गरेका सामाजिक कामहरुको प्रशंशा गर्दै भविष्यका दिनहरुमा अरु उत्कृष्ट कामहरु गर्ने आशा व्यक्त गर्दै बिदाई हुने ब्यक्तित्वको यात्रा सफल रहोस् भन्ने कामना पनि गर्नु भएको थियो । उक्त कार्यक्रमको अर्को आर्कषण फेवा सांस्र्कतिक परिवारका कलाकारहरुले पस्केको लोक दोहोरीले उपस्थीत जनहरुको मन जित्न सफल रहेको थियो ।
कार्यक्रमको अन्त्यमा समापन मन्तव्य व्यक्त गर्दै समारोहका सभापति एवं संस्थाका अध्यक्ष आश बहादुर गुरुङले उक्त बनभोज कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने संघ संस्था, यातायातको व्यावस्था गरिदिनुहुने समाजसेवीहरु, उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी गणहरु लगायत सल्लाहकारहरु, कार्यसमिती पदाधिकारीहरु, संस्थापकहरु, सदस्यहरु तथा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद् ज्ञापनका साथमा आभार प्रकट गर्नु भएको थियो ।