Responsive Ad Slot

latest

बुढीगंगा आयोजना बनाउन कुवेत फन्डको सहयोग

Sunday, February 26

/ by Samsung
काठमाडौं, फागुन १५ I आग्रहअनुसार २० मेगावाटको बुढीगंगा जलविद्युत आयोजना बनाउन कुवेत फन्डले सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयले झन्डै चार महिना अघि सहयोग गर्न आग्रह गर्दै फन्डलाई पत्राचार गरेको थियो। त्यसअनुसार आयोजनाका लागि आवश्यक रकम दिन सकारात्मक रहेको जवाफ हालै फन्डले पठाएको हो।

'कुवेत फन्डले सहयोग गर्ने जवाफ पठाएको ,' अर्थ मन्त्रालय वैदेशिक सहयोग महाशाखा प्रमुख लालशंकर घिमिरेले आइतबार नागरिकसँग भने। उनका अनुसार थप छलफल हुन बाँकी छ। ऊर्जा मन्त्रालयका अधिकारी कुवेत फन्डले पठाएको जवाफ हेर्दा आयोजनामा सहयोग गर्न तयार भएको छ। सरकारले यो आयोजनाका लागि फन्डसँग अनुदानका रुपमा सहयोग गर्न आग्रह गरेको थियो।
कुवेत फन्ड कुवेती सरकारको अर्थ मन्त्रालय मातहत रहेको सरकारी संस्था हो। यसले अल्पविकसित देशहरुलाई सहुलियतपूर्ण ऋण अनुदान दिँदै आएको छ। आयोजना बनाउन गत वर्ष सरकारले चीनलाई समेत अनुरोध गरेको थियो। बिजुलीको 'लोडसेन्टर' भन्दा धेरै टाढा दुर्गममा बन्ने यो आयोजना प्रति चीनले चासो नदिएपछि सरकारले कुवेत फन्डलाई अनुरोध गरेको हो।
आयोजना सुदूरपश्चिमको अछाममा बनाउने सरकारी प्रस्तावअनुसार विस्तृत प्रतिवेदनसमेत तयार भइसकेको छ। 'कुवेतफन्डले सहयोग गर्ने प्रतिवद्धतासहित एक चरण अघि बढिसकेको अवस्था हो,' ऊर्जा स्रोतले भन्यो। कति सहयोग गर्ने भन्ने कुरा यसपछि हुने वार्तामा निर्धारण हुनेछ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन समेत सरकारले गर्ने छ। आयोजनाको विस्तृत प्रतिवेदन पहिलेनै तयार भइसकेको छ। डेली पोन्डेज (पानी संकलन गरेर बढी बिजुली चाहिने समयमा चलाउने) प्रकृतिको यो आयोजनाबाट उत्पादन भएको बिजुली कैलालीको पहलबानपुरमा जोड्ने प्रस्ताव गरिएको छ।
आयोजनाले वार्षिक १० करोड ६२ लाख युनिट बिजुली उत्पादन गर्ने अनुमान प्राविधिकले गरेका छन्। आयोजनाको लागि झण्डै तीन किलोमिटर मात्र प्रवेशमार्ग बनाउनुपर्ने भएपनि लागत भने निकै महंगो छ। प्रति मेगावाट औसत लागत १५ करोड भएपनि यसको लागि २१ करोड रुपैयाँ पर्न जाने अनुमान गरिएको छ। आयोजनास्थलदेखि पललवानपुरसम्म ८८ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्ने भएकोले महंगो पर्ने देखिएको छ।
सरकारले नै आयोजनाका लागि १४ वर्ष अघि संभाव्यता अध्ययन प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गरिसकेको छ। सन् १९९५ का अनुसार करोड लाख डलर खर्च लाग्ने अनुमान गरिएकोमा संशोधित अनुमान अनुसार करोड ४१ लाख डलर आवश्यक पर्नेछ।
चीनले बनाउन अस्विकार गरेको आयोजनालाई कुवेतले सहयोग गरेको खण्डमा सुदूरपश्चिममा अर्को आयोजना थपिनेछ। सुदूरपश्चिममा अहिले ३० मेगावाटको चमेलिया बनिरहेको छ। ७५० मेगावाटको चर्चित पश्चिमसेती पनि यही क्षेत्रमा पर्छ। १६ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर समेत सुदूरपश्चिममै बन्ने आयोजना हो।
चीनले आयोजनामा सहयोग नगरे पनि लोडसेन्टर नजिक बन्ने यतिनै क्षमता बराबरको विद्युत आयोजनालाई भने सहयोग गर्ने आश्वासन गत वर्ष दिएको थियो।
Don't Miss
© all rights reserved
made with by netKUTI