
फागुन १५ गते ।पछिल्लो समय निकै चर्चामा रहेका नायक जीवन लुईटेल आफू अभिनित चलचित्र 'म तिम्रो भईसकें' प्रदर्शनका लागि कतार आउँदैछन् । मार्च दुई तारिखका दिन दोहा हलमा हुन लागेको सो चलचित्रको बिशेष प्रदर्शनीका लागि जीवन बुधबार सम्ममा कतार आईपुग्ने छन् ।
रामेश्वर भट्टराईको पहलमा इभेन्ट नेपालले चलचित्रको प्रदर्शनी गर्ने जिम्मा लिएको हो । नाई नभन्नु ल, म तिम्रो भईसकें र अन्दाजबाट निकै चर्चा पाएका जीवन कतार आउने भएपछि आयोजकले व्यापक पब्लिसिटी गरेको छ । आयोजकले दर्शकहरूलाई नायक लुईटेलको साथमा चलचित्र हेर्न आग्रह समेत गरेको छ ।
दशैंको छेकोमा अष्ट्रेलियामा त चलचित्रको प्रिमियर नै गरिएको थियो । सो प्रिमियरमा पनि जीवनको स्वयं उपस्थिती रहेको थियो । यसैगरी केहि दिन अगाडी मात्र अमेरिकाको डेलासमा सफलता पूर्वक सो चलचित्रको प्रदर्शनी भएको थियो । विकाश आचार्यको निर्देशनमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रर्साई, रामकृष्ण बजगाई लगायतले अभिनय गरेको सो चलचित्र काठमाण्डौ उपत्यकामा चैत्र ३ गते लाग्दैछ ।