कतार (अलखोर )माघ २८ गते । अल्खोर स्थित कतारको अलमिस्नाथ क्याप मा गत फब्रेवरी ९ तारिक विहीबार नेपाली कथानक चलचित्र)नयाँ पिँढीको प्रर्दशन गरिएको छ । चलचित्र नयाँ पिँढी प्रर्दशन कतारको बिभिन्न ठाँउ ठाँउमा भईरहेको छ । बिशेष गरि शहर तथा प्रबासमा प्रबासि जिवन गुजारा गरिरहेका नेपालीहरुले आप्ःनो बिर्सिन लागेको कला , संस्कृतिको सम्बद्र्धन र नयाँ युवा पिँढीमा आएको परिवर्तनलाई समेटेर निर्माण गरिएको यस चलचित्रले चित्रण गरेको छ ।
थर्चा लामा, चन्द्र थापाको को अगुवाईमा गरिएको उक्त सो मा दर्शककोहरुको प्रतिक्रिया राम्रो आएको कथा निर्देशक भबिन्द्र तामाङले बताए ।
नेपालको भौगोलिक दृश्यले हराभरा रसुवा, सिन्धुली ,काठमान्डौ तथा अन्य रमणिय रुथानहरुमा छाँयाङकन गरिएको चलचित्रमा धेरै बास्तबिकता देखाईएका छ । चलचित्र नयाँ पिडी चलचित्रले मिनी नेपाल मानिने कतारमा अहिले दर्शकहरुको माझमा छाएको छ । दर्शकहरु थौरै भए पनि उक्त कार्यलयामा खुसी हुदै सन्ध्या गु्रप प्रमुख सल्लाहाकार विरेन्द्र कुमार यक्थुबा अहिलेको सुचना र संचार तथा मोवाईल को मा फैलीको विकृती तथा गलत धारणलाई सहि बाटोमा ल्याहोस भन्ने साथै नयाँ पिडी ले राम्रो बजार बिस्तार हुन सकोस भन्ने कामना समेत गरे ।
मनोरञ्जनले कोल्टे रुप फेरिरहेको बेला बिभिन्न रुपमा निर्माण भईरहेको नेपाली चलचित्र क्षेत्रको अबस्थालाई हेर्दा बिकशित क्षेत्रमा हुने तथा भईरहेको अवस्थालाई यस चलचित्रले प्रतिनिधित्व गरेको देखाएको छ ।