Responsive Ad Slot

latest

रुकुम सदरमुकाम खलंगामा बस दुर्घटना एक जनाको मृत्य १२ जना घाइते ।

Tuesday, February 14

/ by Admin BHOLA THAPA

रुकुम,
फागुन २ गते ।
रुकुम सदरमुकाम खलंगाबाट सल्लेतर्फ जाँदै गरेको गाडी खलंगा १ मठ भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । ना.४ ख ४९२३ नम्वरको गाडी दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने १२ जना घाइते भएको प्रहरीले वताएको छ । दुर्घटनामा भएको क्षतिवारे थप जानकारी आउन वाँकी छ । दुर्घटनाका घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले लगिएको छ । घटना स्थलमा पुगी नेपाल प्रहरी, नेपाली सेना, सर्वसाधारणहरुले उद्धार गरिरहेका छन् । गाडी झण्डै २ सय मिटर तल पुगेको छ ।
यसैबिच
बागलुङ जिल्लाको पश्चिम बुर्तिबाङमा नयाँ यातायात व्यवसायी समिति दर्ता भएको विरोधमा बागलुङका यातायात व्यवसायीहरुले अनिश्चितकालिन धौलागिरी अञ्चल बन्दको आव्हान गरेका छन् । धौलागिरी अञ्चल यातायात बस व्यवसायी, जीपव्यवसायी र ट्याक्सी व्यवसायी समिति बागलुङले नयाँ समिति दर्ताको विरोधमा आजदेखि अनिश्चितकालीन धौलागिरी अञ्चलमा यातायात बन्दको आव्हान गरेका हुन । पश्चिम बुर्तिबाङ बजार र त्यस आसपासमा सदरमुकामबाट सञ्चालन हुने बस, जीप र ट्याक्सीले सेवा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा बुर्तिबाङ यातायात व्यवसायी समिति दर्ता भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI