Responsive Ad Slot

latest

तोकिएकै समयमा शान्ति र संविधानको काम सकिने प्रचण्डको भनाइ ।।

Saturday, February 11

/ by srijana rana

काठमाण्डौ माघ २८
               
             एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा शान्ति र संविधान निर्माणको काम सकिने प्रतिबद्वता दोहो¥याउनु भएको छ । दलहरु शान्ति र संविधानको कामलाई अघि बढाउन तदारुक्ताकासाथ लागेको जानकारी गराउँदै माओवादी अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुङ्गिनेदिशोन्मुख भएको बताउनु भएको हो । 

संयुक्त राष्ट्र संघका महासचिव वानकि मुनका विशेष प्रतिनीधि सामुएल टाम्राटसँग आज बिहान भएको भेटमा प्रचण्डले यस्तो बताउनु भएको हो । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा मुनका विशेष प्रतिनीधि टाम्राटले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र दलहरुबीचको छलफलको बारेमा जिज्ञासा राख्नु भएको थियो । विशेष प्रतिनीधि टाम्राटले आजै बिहान नेकपा एमाले अध्यक्ष झलनाथ खनालसँग खनाल निवास डल्लुमा भेटेर नेपालको शान्ति प्रक्रियाको कामकारबाही तथा समस्याको बारेमा जानकारी लिनु भएको छ । टाम्राटले आज नेपाली काङ्ग्रेस, लगायतका राजनीतिक दलका शीर्षनेताहरुसँग पनि छलफल गर्नुहुनेछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI