गंगा बीसी
काठमाडौ, माघ २६ - माओवादी स्थायी समितिको बैठक अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसिरहेको छ । बैठक समसामयी राजनीतिक तथा पार्टीको आन्तिरिक विषयमा केन्द्रीत रहेको छ ।
माओवादी स्रोतका अनुसार वाईसीएलमा रहेका लडाकुलाई राहत दिने,विभिन्न शिविरहरुका भइरहेको चेक खोसिने प्रकरणका विषयमा बैठकमा छलफल भइरहेको छ । त्यस्तै,सरकारका काम कारवाही,राज्यपुनर्संरचना तथा सेना समायोजनमा दर्जा मिलान लगायतका विषयमा बैठक केन्द्रीत रहेको छ । बैठकमा अध्यक्ष दाहालले तीन दलबीच गोकर्णमा भएको छलफल बारे जानकारी गराएका छन् । साभार ईकान्तिपुर