Responsive Ad Slot

latest

भटराईले तत्काल राजीनामा दिनुपर्छः खनाल

Tuesday, February 7

/ by Admin BHOLA THAPA
काठमान्डौ माघ २४ गते ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी प्रधानमन्त्री डा बाबुराम भटराईले तत्काल राजीनामा दिनु पर्ने वताउनु भएको छ । खनालले भटराई नेतृत्वको वर्तमान सरकार पुर्णरुपमा असफल भईसकेकाले अब भटराईले राजिनामा दिएर सहमतिय सरकारका लागी बाटो खोल्नु पर्ने वताउनु भयो ।

आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री भटराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सदभावना शुन्य बराबर हरेको भन्दै सहमतिको सरकारको लागी नयाँ आधार निर्माण गर्नु पर्ने दावी गर्नु भयो । उहाँले भन्नुभयो यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा बदल्नु भनेको समयको बबादी मात्र हो । खनालले सरकारलाई लुलो बैसाखी टेकेको सरकारको संज्ञा दिदै जुनसुकै बेला पनि सरकार ढल्ने दावी गर्नु भयो ।

खनालले सहमतिको सरकार निर्माण र वर्तमान सरकारको विघठनको लागी एमाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पार्नु भयो । उहाँले माओवादी र उसको नेतृत्वको सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई अबरुद्ध पार्न बेला बेलामा विभिन्न बखेडा झिकक्ने गरेको आरोप लगाउनु भयो । खनालले द्धन्दकालमा जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने सरकार र माओवादीको निर्णय खारेज नभएसम्म संसद चल्न नसक्ने चेतावनी दिनु भयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI