Responsive Ad Slot

latest

विश्व मुस्लिम जगतको पावन पर्व “१४८६ औं रब्बीअल औवल” समारोह तनहुँको दुलेगौंडा खैरेनी मा भब्याताका साथ मनाईदै ।

Sunday, February 5

/ by Admin BHOLA THAPA
करीमबख्श मियाँ
तनहुँ (दुलेगौंडा) माघ २२ , " विश्व मुस्लिम जगतको पावन पर्व “१४८६ औं रब्बीअल औवल” समारोह आज विश्व लगायत देशभरका नेपाली मुस्लिम समुदायले भव्यताका साथ मनाई रहेका छन। यसै गरी तनहुँको दुलेगौंडा खैरेनी आसपासमा आसिन मुस्लिम समुदायले पनि विविध कार्यक्रम गरी पर्वलाई भव्यताका साथ मनाई रहेको नेपाल मुस्लिम समाज,सेवा समिति दुलेगौंडाका अध्यक्ष जुम्मादीन मियाँले जानकारी दिनु भयो।

खैरेनी दुलेगौंडाका मुस्लिम बासिन्दाहरु आपसमा बसी सामुहिक प्रवचनात्म्क तथा आराधना गरी साथमा सबै गाउँलेहरुले सामुहिक भोज गरी दिउँसो २ बजेदेखि खैरेनी बजारदेखि निकालिएको “शान्तिका लागि शान्ति” मूल नारा सहितको शान्ति तथा उत्सव जुलुस निकालिने दुलेगौंडा बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

समाजका अध्यक्ष जुमादीन मियाँको सभापतित्वमा सम्पन्न भएको कोण सभामा बोल्दै मुस्लिम धर्मगुरु९मौलाना०फिरोज आलमले “इस्लामको पहिलो शिक्षा नै ’सलाम’ हो, सलाम भनेको तिम्रो भलाई होस् भन्ने अर्थ लाग्छ,जुन धर्मले सुरु नै भलाईको पाठ सिकाउँदै जीवन पद्दति सिकाउँछ त्यो धर्मलाई कसरी मान्छेले ‘आतंक’ वा ‘कट्टरता’ सँग जोडेर हेर्छनरु” भनी प्रश्न गर्दै “इस्लामको तात्विक अर्थ नै शान्ति हो जसलाई मानवताको धर्म भन्नु र मान्नु पर्नेमा इस्लामलाई अन्यथा भनेर विश्वमा मानवताको विरोध गरिएको छ”उहाँको कथन थियो।
त्यसै गरी अर्का वक्ता करीम्बख्स ले इस्लामलाई यदि प्यालेस्टाइनसँग जोडेर हेरिन्छ,अफगानिस्तान र कश्मीर लगायत युद्द क्षेत्रसंग जोडेर हेरिन्छ भने त्यो विल्कुल गलत हो त्यो कतै सार्भाभौमिकताको लडाईं होला कतै स्वतन्त्रताको लडाईं होला,तर कदापि त्यो धार्मिक होइन” भन्दै इस्लामले कहिल्यै युद्द नरोजेको जिकिर गर्दै,विश्व मुस्लिम जगतलाई त्यो दृष्टीकोणबाट हेरेर गलत परिभाषा नदिन सबैलाई आग्रह गर्नु भयो। बख्सले संक्रमणकालिन यो समयमा देशलाई सबै भन्दा बढी’शान्ति’को आवस्यकता रहेको र यो सबै नेपालीको चाहना भएकोले पनि मुहम्मद जयन्तीलाई संदेस्नात्मक बनाउन जुलुस मार्फत पर्वलाई अगाडी सारिएको उहाँको भनाई थियो। कार्यक्रममा मुस्लिम मस्जिदका इमाम९काजी०हाजी सफीउल्लाह मियाँ, इमाम अब्दुल गफूरदिन मियाँले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

इस्लामीक क्यालेण्डर हिजरी संवतको तेस्रो महिनालाई ‘रब्बीअल औवल’ भनिन्छ, जसको १२ औं दिनमा इस्लाम धर्मावलम्वीहरुका अन्तिम संदेष्टा हजरत मुहम्मद ९पैगम्बर मुहम्मद० को जन्म हालको साउदी अरबियाको मक्का शहरमा भएको थियो। बाल्यकालमै माता(पिताको माया विहिन बन्नु भएको पैगम्बर मुहम्मदको लालन पालन उहाँका काका९चाचा०ले गर्नु भएको थियो।

अल्लाहद्वारा संदेष्ठा९पैगम्बर०को खबर दिनु पूर्व सानैदेखि अति नै सुशील पैगम्बर मुहम्मदलाइ मकबासीले ‘अमीन’ उपमाले चिन्ने गर्दथे,पछी जब उहाँलाई पैगम्बरको उपमा मिल्यो अनि उहाँले सबैलाई अल्लाह एक भएको,अल्लाह निराकार भएको र आफु अल्लाहको पैगम्बर भएको खबर सुनाउनु भयो,तत्कालै कसैले बिस्वास गरेनन,तर बिस्तारै इस्लामको सन्देस फैलिन थाल्यो र मक्काशहरमा अल्लाहको एकेश्वरवाद र निराकार एवं मुहम्मद अल्लाहको आखिरी पैगम्बर भएको सन्देसले बिस्वास बढाउँदै गयो त्यहाँका मानिसले पैगम्बरलाइ धेरै यातना दिन थाले संख्यात्मक रुपमा न्यून अवस्थामा रहेका मुस्लिमहरुको ज्यान(मालको खतरालाई मध्ये नजर गरी अल्लाहको आदेशले पैगम्बर आफ्ना केही साथीहरुसंगै आफ्नो जन्मभूमि छोडी मदिना भन्ने शहर तर्फ ‘हिजरत’ अर्थात बसाईं सर्नु भयो ।मदिना शहर गएपछिपनि उहाँमाथि धेरै यातना विभिन्न तत्कालिन कबिला९टुक्रे राज्य०का शासक र तिनका जनताले दिंदै गर्दापनि उहाँले इस्लामको सन्देस दिई नै करहनु भयो। अल्लाह एक छ, इस्लाम शान्तिको धर्म हो बिस्लाम भलाईको धर्मको भाइचाराको धर्म हो भन्ने संदेश व्याबहारिक रुपमा दिंदै जानु भयो।तत्कालिन अवस्थामा जति नै अंकुश लगाउने प्रयाश गरेपनि इस्लामले विस्वास जित्दै गएपछि बिभिन्न कविले राज्य मिलेर मुहम्मद र उहाँका अनुयायीहरुलाई सिध्याउन धेरै रणनीति अपनाउन थाले यहाँसम्म ‘जंगे उहुद’९उहुद भन्ने ठाउँमा भएको युद्द०र जंगे बदर,जंगे ताईफ जस्ता इतिहासमा महत्व राख्ने धेरै युद्द छेडे,तर पैगम्बर मुहम्मदले फगतस् प्रतिकारात्मक रुपमा आफु र आफ्ना अनुयायीहरुलाई उभ्याए।

यी इतिहासले सिधा अर्थ लगाउन सक्ने यथेष्ट प्रमाण दिंदै गर्दा अहिलेपनि बिभिन्न बहानामा इस्लामलाई ‘कट्टरता’ र आतंक’ सँग जोडेर हेरिनु पक्कै इन्साफ होइन भन्ने सन्देस दिन यो पर्व महत्वपूर्ण रहेको मुस्लिम समुदायको कथन रहेको थियो ।

त्यसैले हामीले प्रत्येक वर्ष मुहम्मद जयन्तिको अवसर पारेर यसलाई बडो धुमधामसँग मनाउने गर्दछौं’ धर्म गुरु मौलाना फिरोज आलमले हामीलाई जानकारी दिनु भएको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI