चितवन माघ २१ गते ।
राज्य पुर्न–संरचना आयोग तथा राज्य शक्तिकोबा“डफा“ड समितिले चितवन जिल्लालाई टुक्राउने गरि दिएको सुझावको थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ चितवनले विरोध जनाएको छ । सभाका सभापति प्रदिपकुमार चौधरी द्धारा आज जारी विज्ञप्तिमा चितवन जिल्लाका थारु बाहुल्यता भएका गाविसहरुलाई मधेश,मिथिला–भोजपुरा र मधेश–अवध–थारुवानमा विभाजन गरिनु २०६५ फागुनमा भएको थरुहट आन्दोलनको उपलब्धी संस्थागत गरिनुको सट्टा वेवास्ता गरेकोले चितवनका आदिवासी थारुहरुको सम्मानमा ठेस लागेको जनाएको छ ।
सभाले आयोगका दुवै प्रतिवेदन प्रति घोर भत्र्सना गरेको छ । आयोगको अल्पमत सदस्यद्धारा प्रस्तावित सिंगो चितवनलाई प्रदेश २ मा राखेको छ भने बहुमत आयोग सदस्यद्धारा चितवनका २२ ओटा गाविस नारायणी प्रदेश र बा“की गाविसलाई पूर्वी मद्येश र पश्चिम मधेशमा राखेर चिरा बनाई दिएको छ ।
थारु कल्याणकारिणी सभाले प्रस्तुत गरेको बुद्ध मध्य थरुहट स्वायत्त प्रदेश नामाकरण हुनेगरी सम्पूर्ण तराई क्षेत्रलाई कम्तिमा पनि ३ प्रदेशमा छुट्याउनुपर्ने चितवनवासी थारुहरुले जोडदार माग गरेको छ । अन्यथा चितवनका आदिवासी थारुहरुको अस्तित्व मेटाउने गरी प्रस्ताव गरिने जुनसुकै प्रदेशका विरुद्धमा कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्ति मार्फत दिईएको छ