विनु लामा, तेल-अविव, इजरायल,
नेपाल तामाङ समाज , इजरायलको मिती २८ जनवरी २०१२ मा ( डुक ल्होछार साँझ – 2012 कार्यक्रमको पूर्वसन्ध्यमा ) तोकिएको प्रथम अधिवेशन समय अभावको कारणले स्थगित भएको सम्बन्धमा संस्थाद्वारा आव्हान गरिएको “बिशेष भेला तथा बृहत छलफल” फेब्रुअरी १७ तारिख (शुक्रबार) को दिन संस्थाको कार्यालय तेल-अविवमा सम्पन्न भएको छ |
बी बी लामा तामाङको अध्यक्षमा शुरु भएको “बिशेष भेला तथा बृहत छलफल”मा संस्थाको सल्लाह्कार, पदाधिकारी र सदस्यहरू सह्भागी रहेको थियो| उपस्थित सह्भागीहरूले अधिवेशन स्थगित भएको परिस्थितिमा आ-आफ्नो राय तथा बिचारहरू प्रस्तुत गर्नु भएको थियो | सहभागीहरूको सल्लाह र सुझाब बमोजिम वर्तमान कार्यसमिति बिघटन गरि “नयाँ कार्यसमिति पुर्नगठन गर्ने” सामुहिक निर्णय भएको थियो भने कार्यक्रम संचालन संस्थाको सचिब सुन्दर सिंह लामा तामाङले गर्नु भएको थियो |
उपस्थित सह्भागीहरूको सर्वसम्मतबाट नयाँ कार्यसमितिको सम्पूर्ण पदाधिकारीहरू र विभागिय प्रमुखहरूको चयन गरिएको थियो | जस अनुसार बी बी लामा तामाङ पुन: अध्यक्षमा र क्रमश सहउपाध्यक्ष- दल बहादुर लोप्चन तामाङ, प्रथम उपाध्यक्ष- अनिता पाख्रिन तामाङ, द्वितिय उपाध्यक्ष- उषा पाख्रिन तामाङ, महासचिव- सुन्दर सिंह लामा तामाङ, सचिव-रामचन्द्र योन्जन तामाङ , कोषध्यक्ष- उर्मिला पाख्रिन तामाङ, सहकोषध्यक्ष- सोनी थिङ तामाङ , सदस्यहरूमा - जुनु घिसिङ तामाङ, दोर्जे पाख्रिन तामाङ , सुनिता दोङ तामाङ, शर्मिला ग्लान तामाङ र संगीता दोङ तामाङ रहेका छन |
यसै गरि विभागिय प्रमुखहरूमा क्रमश: अनुशासन विभाग प्रमुख कवि: अशोक ‘पार्थिव’ तामाङ, सँगठन विभाग प्रमुख - दल बहादुर लोप्चन तामाङ (सह-उपाध्यक्ष), धार्मिक तथा साँस्क्रितिक विभाग प्रमुख - सुनिता पाख्रिन तामाङ र बुद्दीजिवी विभाग प्रमुखमा - छ्योइसाङ थिङ तामाङ रहेका छन |
अन्तमा अध्यक्ष बी बी लामा तामाङ, सहउपाध्यक्ष दल बहादुर लोप्चन तामाङ र महासचिव - सुन्दर सिंह लामा तामाङले आ-आफ्नो मन्तब्यमा एकै शैलिमा “बिशेष भेला तथा बृहत छलफल” मा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै आफूहरू संगै नयाँ कार्यसमितिमा सर्वसम्मतबाट चुनिएका सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिनु भएको थियो | साथै इजरायलवासी तामाङ ज्योज्यो,आले/नाना,आङ (भुरिङ) हरूलाई नेपाल तामाङ समाज , इजरायल द्वारा आयोजित “विविध कार्यक्रम”हरुमा सह्भागी भई सदैव सह्योग पुराउन हुना सबैमा हार्दिक अनुरोध गर्नु भएको थियो |