आर.बि.बुढाथोकी,
कुबेतमा सोनाम ल्होछार २०१२का लागि हुन लागेको बिशेष सास्कृतिक कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको कुरा नेपाल तामाङ घेदुङ कुबेतका अध्यक्ष तथा समाज सेबी राम बहादुर लामा 'घ्लान'ले आज जानकारी गराउनु भएको छ । हिजो शुक्रबार स्थानिय कलाकारहरुले आफ्नो तयारीका लागि अन्तिम अभ्यास पुरा गरेका छन । आगामी शुक्रबार हुन लागेको भब्य सास्कृतिक कार्यक्रमका लागि युबा पुस्ताका चर्चित गायक अमेरिकाबाट कोरियामा हुन लागेको उनको कार्यक्रम सकेर २६ तारिख कुबेत आउँदै छन । अत्यन्त ब्यस्त र महङगा मानिने गायक राजु लामाले गत हप्ता मात्र उनले आफ्ना प्रस्तुतीहरु अमेरिकामा पुरा गरेका छन । विवाह पूर्ब केही बर्ष यता अमेरिकामा बस्दै आएका लामा प्रबासमा आप्ना प्रस्तुतीहरु जोडदार रुपमा हप्तै पिछे प्रस्तुत गर्ने गरेका छन र उनले एउटा स्टेज कार्यक्रम गरेको ३ हजार डलरदेखी ५ हजार डलर सम्म लिने गरेका छन । राजु लामासँग हाम्रो नियमित संपर्क भईरहेको छ उहाले गत हप्ता नै कुबेतको भिसा पाइसक्नु भएको छ र टिकेट पनि हामीले पठाइ सक्यौ अध्यक्ष राम बहादुर लामाले हामीलाई भेटमा बताउनु भयो,कार्यक्रमलाई कसरी चुस्त रुपमा सम्पन्न गर्ने भने बिषयमा हिजो घेदुङका सम्पूर्ण सदस्यहरु बिच अन्तिम छलफल पनि भईसकेको छ । कार्यक्रम सफल पार्न सम्पूर्ण संघ सस्थाहरुले हरेक तर्फबाट सहयोग गर्ने आस्वसन पनि घेदुङले पहिला देखी नै पाएको छ। यस पटकको सोनाम ल्होछार २०१२ बिशेष प्रकारको छुटटै किसिमले मनाउन लागेको कुरा कार्यक्रम संयोजक अमृत तामाङले हामीलाई अन्तर्वाता दिने क्रममा बताउनु भएको थियो । आगन्तुक सम्पूर्ण पाउनहरुलाई भब्य स्वागत गर्न हामीले कुनै कसर राख्ने छैनौ उहाको भनाइ थियो ।
स्थापना कालको दुई बर्ष पुग्दा नपुगै घेदुङले यो तेश्रो प्रस्तुती गर्न लागेको हो । घेदुङले बिगतमा गरेका प्राय सबै कार्यक्रमहरु अत्यन्त चुस्त र सराहनिय खालका थिए । छोटो समयमा चर्चित बन्न पुगेको तामाङ घेदुङ कुबेतले आगामी कार्यक्रमलाई पनि सफल पार्न त्यतिकै खटेर लागि परेका छ । आफ्नो धर्म सस्कृतिलाई बिदेशमा जगेर्ना गर्ने भनी उनीहरुले थालेको अभियानलाई सबै क्षेत्रबाट प्रसम्सा गरेका छन । यस पटक राजु लामालाई कुबेत भित्र्याउन सबैले आ आफ्नो ठाउँबाट योगदान पुर्याएका छ । कुबेतमा राजु लामाको बसाइ मात्र चार दिनको हुने छ । २६ तारिख बिहान ८ बजे लामा कोरिया हुँदै कुबेत एअरपोर्ट आइपुग्ने छन । स्व्गतगतका लागि सम्पूर्ण संघ सस्थाका प्रतीनिधीहरुलाई समय मै पुग्न पनि आयोजक सस्था घेदुङले जानकारी गराएको छ। गायक लामा २९ तारिख बिहान ४ बजे इजिप्टको कायरो हुँदै न्युवोर्क उत्रने छन र २७ तारिखको कार्यक्रममा उनले दुई पटक गरेर उनले आफ्ना एक दर्जन कर्णप्रिय गीतहरु गाउँने छन । लोक प्रिय सेलिब्रेटी आउने तर हल सानो भएका कारण कार्यक्रमको टिकट समय मै लिएर आफ्नो सिट सुरक्षित गर्न पनि आयोजकहरुले अग्रिम रुपमा अनुरोध गरेका छन । कार्यक्रमका दिन हलमा निशेष गरिएका कुनै पनि बस्तु नलान र लगेको खन्डमा कडा भन्दा कडा कारबाही हुने कुरा पनि घेदुङले सबैलाई समय मै सचेत गराएको छ । कार्यक्रमको सफलताको लागि सबैबाट सहयोगको अपेक्षा राख्दै निमन्त्रणा नपाएका सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई यसै वेब साइडको माध्यमद्वारा निमन्त्रणा गरिएको छ भनी आयोजक सस्था घेदुङ कुबेतले सबैलाई अनुरोध गरेको छ ।