पोखरा माघ ब८ गते । सात तालको बगैचा सहर लेखनाथको भण्डारढिक खेल मैदानमा पुस २८ गतेदेखि जारी लेखनाथ महोत्सव २०६८ आज सकिदैंछ । महोत्सवको अन्तिम दिन आज लुकेको प्रतिभाको खोजी श्रीमान श्रीमतीको जोडी गण्डकी तारा पनि घोषणा हुदैंछ । गण्डकी ताराका लागि छानिएका उत्कृष्ठ २ जोडी पोखरा वैदामका सुनील र मायाँ श्रेष्ठ तथा लेखनाथ रिठेपानीका काजीमान र प्रितम गुरुङ् मध्ये दर्शकको टिकट भोटको नतिजाको आधारमा उत्कृष्ठ जोडीलाई तारा घोषणा गरिने छ । गण्डकी तारा बन्ने जोडीलाई नौमती बाजको साथमा डोलीमा चढाएर महोत्सव परिसर परिक्रमा गराई चालीस हजार रुपौयाँ नगद पुरस्कारको साथमा हनिमुनकालागि नगरकोट पठाइने आयोजकले बताएको छ । १५ करोड आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको महोत्सवको नवौं दिन सकिदां सम्म १३ करोडको कारोवार भएको छ । महोत्सवमा घरेलु तथा प्रविधीको प्रचारप्रसार एवं प्रवद्र्धन, लगायतका तीन सय स्टल राखिएको छ ।
लेखनाथ महोत्सव सकिदैं I

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com