झापा पुस ३० गते ।
झापाको बिर्तामोडमा जारी युवा संघको राष्ट्रिय भेलामा आज बन्द सत्र सुरुहुदै छ । धुलाबारीमा हुने बन्द सत्रमा माउपार्टी एमालेका उपाध्यक्षहरु अशोक राई , बिद्या भण्डारी र महासचिब इश्वर पोखरेलले प्रशिक्षण दिनुहुने सचिबालय
सदस्य भगवति विष्टले जानकारी दिनुभयो ।
प्रशिक्षणपछि आजै युवासंघका पदाधिकारीले पेश गरका सांगठनिक ,आर्थिक राजनीतिक प्रतिबेदनमाथि छलफल गरी पारीत हुने सचिबालय सदस्य विष्टले बताउनुभयो । हिजो देखी सुरु भएको भेला भोली सकिने छ । भेलामा देशभरबाट युवासंघका
५सय भन्दा बढि कार्यकर्ताको सहभागिता छ ।