काठमाडौं, पुस ३० -
नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग प्रमुख दलका शीर्ष नेताहरुले सिंहदरवारमै भेट गरेका छन् ।
करिव पाँच घण्टाको छोटो भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्रीसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतले भेट गरे ।
सिंहदरवारमा भएको भेटपछि राष्ट्रपति रामवरण यादवलाई भेट्न चिनियाँ प्रधानमन्त्री शीतल निवास गएका थिए । भेटपछि वेन सोझै विमानस्थल गए ।
भेटपछि चिनियाँ प्रधानमन्त्री वेनसहित शीर्ष नेताहरु प्रधानमन्त्री बाबुराम भट्टराईले आयोजना गरेको दिवाभोजमा सहभागी भए । चाइन एयरको विशेष विमानबाट बिहान ११ बजेर ५३ मिनेटमा काठमाडौं आएका चिनियाँ प्रधानमन्त्री अपरान्ह दोहा गएका छन् ।
प्रधानमन्त्री भट्टराईले त्रिभूवन विमानस्थलमा चिनियाँ प्रधानमन्त्री वेनको स्वागत तथा विदाइ गरेका छन् ।
साभार : ईकान्तिपुर