कठमान्डौ पुस २८ गते ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बारे छलफल गर्न १३ विद्यार्थी संगठनको बैठक आज बस्दैछ ।
अनेरास्ववियुको कार्यालयमा मध्यान्ह बस्ने बैठकमा निर्वाचन प्रणालीबारे सहमतिको प्रयास हुने बताईएको छ । निर्वाचन प्रणालीबारे बद्यार्थी संगठनहरुबीच सहमति जुट्न नसक्दा त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन ।
अनेरास्ववियु संस्थागत प्रत्यक्ष प्रणाली, नेवि संघले विद्यमान व्यक्तिगत प्रत्यक्ष प्रणाली र अखिल क्रान्तिकारीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छन् ।