पवन पौडेल
तनहुँ माघ ६ गते ।
क्रियाशिल महिला पत्रकार तनहुँ शाखाको आयोजनामा भोली जिल्लामा क्रियाशिल सन्चारकर्मिहरुका लागि वनभोजको आयोजना गरिएको छ । सन्चारकर्मिहरुबिचको सम्बन्ध थप सुमधुर बनाउन र मनोरन्जन समेतका लागि भनेर वनभोजको आयोजना गर्न लागिएको शाखा अध्यक्ष सोनि खनियाले बताउनुभयो ।
वनभोजमा सहभागिताका लागि जिल्लामा क्रियाशिल धेरैजसो सन्चारकर्मिले नाम दर्ता गराएको र वनभोज रमाईलो हुने अपेक्षा गरिएको खनियाले बताउनुभयो । वनभोजमा सहभागिता जनाउन चाहनेहरुले भोली विहानसम्ममा सम्पर्क गर्नसक्ने समेत उहाँले बताउनुभयो ।