मकवानपुर पुस २१ गते ।
मकावनपुरको बसामाडी गाविसमा अज्ञात समूहले आज बिहान युनीलिभरको गाडीमा आगजनी गरेको छ । बिहान ५ बजे युनिलिभरको गेट अगाडी रोकीराखेको ना ४ ख ४३७२ नं को बसमा आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ । आगजनीका कारण बसमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाका सम्वन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।