Responsive Ad Slot

latest

दुईवटा योनी भएकी महिला I

Saturday, January 14

/ by Admin BHOLA THAPA
सबैलाई थाहा छ पुरुषको सरिरमा लिंग हुन्छ र महिलाको सरीरमा योनी हुन्छ । मान्छेको सरीरमा एउटा मात्र यौनांग हुन्छ कि लिंग कि योनी । तर बेलायतकी एक महिलाको सरीरमा भने दुईवटा योनी छन् र दुबै योनी उत्तिकै सक्रिय छन् ।


आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तरवार्ताका क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो सरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी हुन् । आफ्नो शरिरमा जन्मिँदै दुईवटा यौनांग रहेको उनले बताइन् ।

चिकित्सकहरुले यस्तो घटना निकै विरलै हुने र भ्रुणको विकाशका क्रममा पाठेघरको पूर्ण विकाश नहुँदै योनीमा थप झिल्लीको विकाश भएपछि दुईवटा योनीको विकाश हुने बताउँछन् । करोडौँमा एक जनाको मात्र यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।

टेलिभिजन अन्तरवार्ताका क्रममा ती महिलाले पहिलोपटक महिनावारी हुँदा आफुलाई दुइवटा योनी भएको थाहा भएको बताइन् । उनले अर्को गोप्य कुरा पनि खुलासा गरेकी छिन् ।

उनले आफ्ना दुबै योनीको भर्जिनिटी तोडिएको र एक एक पटक यौन सम्पर्क गरेको खुलासा गरिन् । दुईवटा योनी पाएकोमा आफु निकै खुसी रहेको बताउँछिन उनी ।स्रोत अनलाइन खबर
Don't Miss
© all rights reserved
made with by netKUTI