नारायण सापकोटा
चितबन ,पुस २३ गते ।
राज्य र स्थानिय निकायले बरुणयन्त्र र यसका कर्मचारीहरुलाई प्रभावकारी ढड्डले संचालन गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन् । नेपाल बरुण यन्त्र कर्मचारी एसोसियसनले आज भरतपुरमा आयोजन गरेको छलफल भेलाका सहभागीहरुले यस्तो आरोप लगाएका हुन् ।
बरुण यन्त्रका कर्मचारीहरुले जोखिम मेलेर आफ्नो काम गरेको भए पनि आफुहरुलाई राज्य र स्थानि निकायले कुनै वास्ता नगरेको बरुण यन्त्र कर्मचारी एसोसियसन नेपालका तर्दथ कार्य समिती सचिब नरेश कुब“रले बताउनु भयो ।
आफ्ना अधिकारका लागी संस्थागत हुनु पर्ने भएको हुदा अब आफुहरु बरुण यन्त्र कर्मचारी एसोसियसन नेपालको दर्ता प्रकृयामा अगाडी बढेको समेत कुब“रले बताउनु भयो । आजको भेलामा संस्था दर्ताको लागी बनाईएको बिधान सबै कर्मचारीको हितमा रहेको भन्दै बिधानलाई पूर्णता समेत दिईएको छ ।
संस्था दर्ता प्रकृया संगै बैसाखमा राष्ट्रिय महाधिबेसन गर्ने निर्णय गरेको समेत तर्दथ कार्य समिती अध्यक्ष देबेन्द्र राज रेग्मिले बताउनु भयो । सो भेलामा नेपाल भरीका २९ जना बरुण यन्त्रका कर्मचारीहरुको सहभागीता रहेको थियो ।