अछाम पुस १९ गते ।
बाजुराको गोत्री गाविसमा रहेको देवलकोट माध्यामिक विद्यालयमा ९ महिनादेखि गणित र विज्ञान शिक्षक नियुक्त नगरेको भन्दै विद्यार्थीहरुले १४ गतेबाट अनिश्चितकालिन ताला लगाइदिएका छन् । विद्यालयमा गणित र विज्ञान शिक्षक नियुक्त नगरेपछि ताला बन्दी गर्नु परेको विद्यार्थीले जनाएका छन् । तालाबन्दिले विद्यालयका पाँच सय भन्दा बढीविद्यार्थीहरुको पढाइमा प्रभाव परेको छ ।
एसएलसी दिने विद्यार्थीलाई परीक्षाको तयारी गर्न समेत अप्ठेरो भईरहेकोले विद्यार्थीले तुरुन्त शिक्षक राख्न माग गरेका छन् तर व्यवस्थापन समितिले भने आर्थिक अभावका कारण शिक्षक राख्न नसकेको बताएको छ
।