तनहु खबर डट कम
अल्खोर कतार
माघ ७ गते ।
परिवारको उज्जल भविस्यको सपना बोकेर विगत ६ बर्ष पहिल्य कतारमा प्रवेश गरेका गार्खा केराबारी १ घर भएका मृगौला पिडीत सुवास गुरुङलाई कतारको अल्खोर स्थित रहेको विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुबाट सहयोग गरेका छन । मृगौला पीडित गुरुङलाई १ लाख ११ हजार २ सय ४६ रुपैया संकलन गरि पठाइएको हो । उनको उपचारको लागि सहयोग गरेका कम्पनीहरुमा डिस्काउन कम्पनीका नेपालीहरुद्धारा ७१ हजार १८ रुपैया, नास स्काफ फोल्डीङ कम्पनीका नेपालीहरुद्धारा ३० हजार १ सय ७१ रुपैया र ,खेतानी कन्सटक्सन कम्पनीमा कार्यरत नेपालीहरुद्धार १० हजार ५७ रुपैया संकलन गरिएको हो । संकलित रकम मृगौला पीडितका मामा मिनाराम गुरुङले निजको नामको प्रभुमनि ट्रास्फर द्धार१५ डिसेम्बर २०११ र ८ जनवारी २०१२ मा गरि पठाएका हुन ।
गुरुङ गत १४ डिसेम्बर सम्म कतारको हमाद अस्पतालमा उपचार गराएर नेपाल फिरेका हुन । नेपालमा हाल उनको दुबै मृगौला प्रत्यारोपण गर्न लागिएको छ । मृगौला प्रत्यारोपण गर्नको लागि धेरै रकमको आवश्यकता पर्ने भएकोले उक्त कम्पनीमा कार्यरत नेपालीहरुले रकम संकलन गरि पठाएका हुन । उनको स्वाथ्यामा क्रमीक सुधार भएको निजका मामा मिनाराम गुरुङले तनहु खबर डटकम लाई जानकारी गराए ।