निमकान्त पाण्डे दुबई ,
शुक्रबार ,१३ जनवरीका दिन बरदुबईको एभरेष्ट होटलमा गोरखालीहरुको प्रथम भेला सम्पन्न भएको छ। उक्त भेलाबाट गोरखा सेवा समाज युएई गठन गरिएको छ । युएईमा कार्यरत बरिष्ठ समाज सेबी गोरखाबासी उत्तम अधिकारीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व सुरेश ढकालले गर्नुभएको थियो। राष्ट्रिय गान बजाएर शुरु गरिएको उक्त कार्यक्रमको संचालान प्रकाश बांनियाले गर्नुभएको थियो भने दिपक बोहोराले उपस्थित सम्पूर्ण अथितिहरु, पत्रकार ,गोरखाबासी अन्य तथा शुभचिन्तकहरुलाई स्वागत गर्नुभएको थियो ।
त्यस लगत्तै उपस्थित सम्पूर्ण गोरखाली दाजुभाई तथा दिदिबहिनीहरु परिचयात्मक कार्यक्रम गरिएको थियो । बिभिन्न देसबाट पठाउनु भएको शुभकामना पत्र कार्यक्रम संचालक प्रकाश बांनियाले पढेर सुनाउनुभएको थियो । प्रबासमा रहेका गोरखा बासीहरुले सन्देस मार्फत आफ्नो ठांउबाट सक्दो सहयोग गर्ने जानकारी दिदै यस भेलाको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्ने अथितिहरु एबं अन्य बक्ताहरुले गोरखा सेवा समाज युएई गठन गर्नुको उदेस्यको बारेमा प्रकाश पार्नु भएको थियो। नेपालको सर्बाधिक गरिमामय इतिहास बोकेर आँफैमा सम्पूर्ण नेपाल र नेपालीहरुको एकताको प्रतिकको रुपमा रहेको गोरखा जिल्लाबाट आफ्नो प्यारो जन्मभुमी, परिवार र शुभचिन्तकहरुलाई छोडी जीवनस्तर उकास्न सकिन्छ कि भनेर बिदेशमा छरिएर रहेका सम्पूर्ण गोरखालीहरुमा एउटा मिलन बिन्दुको अभाब खड्किरहेको अवस्थामा फुर्सदको समयको सदुपयोग र बचतको न्युनतम अंशले यो बिरानो भुमिमा अलपत्र परेका गोरखाली तथा अन्य नेपालीहरुको केही सहयोग र स्वदेशमा पनि जनहितका क्षेत्रमा केही गर्नु पर्छ भन्ने मुख्य उदेस्यका साथ गठन गरिएको यस गोरखा सेवा समाज युएईको नवगठित कार्यसमितिको अध्यक्षमा सुरेश ढकाल, उपाध्यक्षमा बिचारी लामिछाने,कोसाध्यक्षमा जनक गुरुङ,सचिबमा प्रकाश बांनिया र सह-सचिबमा बुद्धी पनेरु रहनुभएको छ। अन्य सदस्यहरुमा राम बहादुर भट्ट,नरबहादुर बराम, राजेन्द्र खनाल, गज बहादुर गुरुङ, केशर गुरुङ र ज्ञानेन्द्र श्रेष्ठ रहनुभएको छ।
उक्त कार्यसमिती दुई जना महिला सदस्य सहित चार जना सदस्य कार्यसमितिको पहिलो बैठकले थप्ने गरी जम्मा १५ सदस्यीय रहेको छ । संचार क्षेत्रमा सहयोग पुराउनु भएकोमा प्रगतिशील मजदुर मंच युएईका महासचिब निमकान्त पाण्डे लाई बिशेस धन्यबाद दिदै सलाहकार उत्तम अध्रिकरिले नवगठित कार्यसमिति आफुले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।