Responsive Ad Slot

latest

कथा-यौटा भूल I

Saturday, January 21

/ by Admin BHOLA THAPA
इन्द्रमणी नेपाल
शारीरिक सुगठनको दृष्टिले हृस्टपुष्ट भए पनि उसको नाम भने ठीक उल्टो थियो (पातली । गाउँका सबैले उसलाई पातलीकै नामले चिन्दथे । एक गरीब परिवारमा जन्मेकी पातली गाउँका अरु युवतीहरु भन्दा अब्बल थिई, रुपको पनि उस्तै धनी । 

यहाँसम्म कि उसलाई देखेपछि जो कोही पनि उसका बारेमा केही न केही कुरा नगरि रहन सक्दैनथे । उसको त्यही सुन्दर रुपका कारण गाउँको माध्यमिक बिद्यालय पढ्दा देखिनै धेरै युवाहरुको नजरमा परिसकेकीथिइ ऊ । जिऊ डाल र रुप रङ्गले नव यौवनामै पूर्ण जवानीको आभाष हुने ऊ पनि कहाँ कम्ती थिई ररु सबैसंग हाँसेर बोलिदिन्थी ।

 उसको मृदुल मुस्कानले लठ्ठ नपर्ने कोही हुँदैनथ्यो त्यसबेला । निम्न परिवारमा जन्मेकी पातलीको वास्तबिक नाम चाहिँ जमुना थियो । न्युन आर्थिक अवस्था र घरबाट कलेज टाढा हुनुले माध्यमिक स्तरको पढाई पछि उसको शैक्षिक यात्रा पनि बिचैमा टुंगिएको थियो । आर्थिक बिपन्नताकै कारण तुरुन्तै बिवाह गरेर पराई घर जाने मेलोमेसो पनि बन्न सकेको थिएन । फलस्वरुप घाँस(दाउरा र मेला(पातमै गुज्रने दिनचर्याहरुसंग संझौता गर्न विवश बनेकी थिइ ऊ ।

 संगैका साथीहरुलाई चिटिक्कै सिंगारिएर हिडेको देख्दा उसलाई पनि त्यस्तै हुने रहर जाग्थ्यो । तर बिडम्बना १ ऊसंग त्यस्ता कुनै शृङ्गारका सामानहरु हुन्थ्यो जसले उसको मनको रहर पुरा गरोस् । यद्यपि यी सबै कुराको बाबजुद पनि अन्य युवतीहरु भन्दा कम सुन्दर थिइन ऊ, सायद अझ बेसी पनि ।

 उसो त मीठो खाने र राम्रो लगाउने मन कसको हुँदैन ररु अझ त्यसमा पनि उसको त उमेर नै त्यस्तो, हलक्कै बढेको पालुङ्गो जस्तो । तर मनले मात्रै नहुने मेला(पात र बनी(बुतोबाट आउने दुई चार पैसा पनि साँझ बिहान मुख जोर्नमै ठीक्क, त्यो पनि टुमटुम गर्दा । बैशालु रहरहरुसंगै मनमा अनेक किसिमका तरंग उठ्नु स्वाभाविकै हो । यसमा पातली पनि अछुतो रहन सक्दिनथी ।

 त्यसमाथि पनि सामाजिक उद्धारिकरणसंगै गाउँ बस्तीमा छ्यास्छ्यास्ती देखिन थालेका प्रेम र रोमान्सका घटनाहरुले उसको उम्लिएको रहरलाई झनै मलजल गरेको थियो । अझ टेलिभिजन र भिसिडी प्लेयरको प्रवेशसंगै लुकी लुकी अनेक किसिमका चलचित्रहरु हेर्ने साथीहरुको संगतले त उसलाई झनै उत्ताउली बनाइदिएको थियो । एकातिर यसो गर्दा के होलारु र त्यसो गर्दा कस्तो होलारु जस्ता अनेक अनुत्तरित प्रश्नहरु दिनरात उसका मानसपटलमा सल्बलाईरहन्थे भने अर्कातिर अरुले लगाए जस्ता फेसनेबल कपडा र शृंगारिक सामानहरुको पनि उत्तिकै मोह जाग्थ्यो मनमा । 

 यस्तैमा एकदिन पातली सधैँ झैँ घर पारी रहेको बनमा घाँस काट्न गएकी थिइ । प्राकृतिक मनोरमताले भरिपूर्ण पहाडी पाखा त्यसमा पनि उसको बैशालु मन । उसको सुरिलो भाकाले सिङ्गो बनलाई नै सङ्गीतमय बनाईरहेको प्रतित हुन्थ्यो । त्यो पनि यौटा संयोग नै थियो सायद, त्यही बनको बाटो भएर तिलक सहरतिर जाँदै थियो । गाउँकै धनाढ्य बुद्धिप्रसादको एक्लो छोरा धनी बाऊको सम्पतीको सिरानी लगाएर सुविधायुक्त सहरको यौटा नामुद कलेजमा अध्ययन गर्दै थियो ।

 मोजमस्ती भनेपछि दाम्ला नै चुडाउने प्रकृतिको तिलकलाई सुनसान जङ्गलमा पातली जस्ती बैश भरिएकी अप्सरा भेट्नुको अर्थ नै अर्कै हुन्थ्यो । ऊ चुपचाप पातली भएतिर बढ्न थाल्यो र एकछिन् थकाई मार्ने बहानामा ऊसँग जिस्कन थाल्यो । उता पातली पनि त कहाँ कमकी थिइ ररु आधा गाग्रीको पानी झैँ छाल्किरहेको बैश पोखाउदै तिलकसंग मस्की मस्की कुरा गर्न थाली । ‘अन्त यसरी बनमा एक्लै घाँस काट्न आउन डर लाग्दैन तिमीलाई?’ जिस्काउदै बोल्यो तिलक । ‘मलाई खान आँट गर्ने बाघ पनि त हुनु पर्यो नि ।‘ नशालु ओठ चलाउदै बोली पातली –‘ठुला मान्छेहरु त कहिले गाउँ आउछन् कहिले सहर जान्छन् हामीलाई त थाहै पनि नहुँदोरहेछ ।‘ ‘हैन पातली १ समयको अभावले गाउँ घुम्न नपाएको मात्रै । तर, तिमीलाई त हरपल सम्झिरहेकै थिएँ नि ।

‘ झनै नजिक गएर बोल्यो तिलक । ‘आम्मै मुखले चाहिँ कति ठीक्क पार्न जानेको होला ।‘ पातली झनै नशालु बन्दै गई –‘सम्झिएको भए खै त संझनाको चिनोरु’ थपी उसले । बच्चै देखि सँग संगै खेलेर हुर्किएका उनीहरु एक आपसमा अति नै मिल्ने साथीहरु पनि थिए । तर, समयान्तरमा उमेरले मारेको फड्को बिच अनायसै तेर्सिन पुगेको लाज भन्ने शब्दले उनीहरुको बाल मित्रतालाई एक किसिमको सीमानाकृत गरिदिएको थियो । अझ त्यसमा पनि आर्थिक बेमेलाताका कारण शिक्षा आर्जन गर्ने क्रममै सहर र गाउँमा बिभाजित बन्न पुगेका थिए उनीहरु । ।

 ‘यहाँ छ नि तिमीलाई संझनाको चिनो ।‘ पातलीको हात समाउँदै तिलक बोल्यो –‘एकैछिन् आँखा बन्द गर त ।‘ ‘लु ।‘ के खोज्छस् कानो आँखा भने झैँ भयो सायद, पातलीले तुरुन्तै आँखा चिम्ली । तिलकले आफ्नो बलिस्ट बाहुमा कसेर पातलीको गालामा असंख्य चुम्बन बर्सायो । ‘छ्या १ यो तिलक दाई त, कसैले देखे भने निरु’ गुराँस झैँ रातो गाला पारेर बोली पातली । ‘के भन्छन् र बेसीमा बच्चा बच्ची देखिकै साथीहरुबिच मायाँ साटा साट हुँदैरहेछ भन्छन् नि ।‘ निर्धक्क बनेको अभिनय गर्यो तिलकले –‘हो पातली म तिमीलाई हृदय देखि नै मायाँ गर्छु ।‘ ‘मायाँ पनि त्यसरी गर्छन् तरु’ लाडे बनेर बोली पातली । ‘अनि कसरी गर्छन् तरु’ अंगालोमा बेर्दै बोल्यो तिलक –‘तिमीलाई थाहा छ भने मलाई पनि सिकाई देउन ल ।‘ ‘कुन्नी नि त ।‘ ठुस्किएको अभिनय गरी उसले –‘हामी गाउँकालाई के थाहारु बरु सहरमा बस्नेहरुलाई थाहा होला नि त ।‘ त्यसपछि त के बाँकी रह्यो ररु उनीहरु बिच मायाँ गर्ने तरिकाको होडबाजी नै चल्यो । संसार बिर्सिएर एक अर्कामा समाहित बन्दै गए । 

जीवनमा पहिलो चोटी यौटा नौलो अनुभूति संगाल्न पाएकोमा पातली बेहद खुशी देखिन्थी भने पातली जस्तो भरिलो फूलको रस चुस्न पाएकोमा तिलक पनि उस्तै खुशी देखिन्थ्यो । सायद उनीहरुलाई भित्र भित्रै लज्जाबोध भएरै होला त्यसपछि कुराकानी भने खासै भएनन् । बरु के सोचेर हो तिलकले आफ्नो पर्साबाट यौटा हजारको नोट झिकेर चुपचाप पतालीको हातमा थमाई दियो र फटाफट आफ्नो बाटो लाग्यो । एवं रीतले दिनहरु बित्दै गए । पातलीको दिनचर्या मेला(पात र घाँस(दाउरामै बित्दै थिए ।

 तिलकसंगको पहिलो पटकको मायाँ साटासाटले भन्दा पनि त्यसबाट प्राप्त भएको आत्मिक सन्तुष्टिले उसलाई बाराम्बार झस्काई रहेको थियो । ‘आहा १ सधैभरि यस्तै सन्तुष्टि मिल्ने भए रु’ मनमै कल्पिन्थी ऊ । एकपल्ट बाली खाना पल्किएको गाईको गोठालो लाग्नु कति गाह्रो हुन्छरु त्यो त भुक्तभोगीहरुलाई मात्रै थाहा हुन्छ । पातलीको बानी ब्यबहारमा पनि अनायसै परिवर्तन आउन थाल्यो । उसमा आएको परिवर्तनको फाईदा उठाउन गाउँका कोही युवाहरु पनि पछि परेनन् । एक पछि अर्को गर्दै शिकारीहरुको यौटा झुण्ड नै तयार भयो । यद्यपि त्यस मध्ये पनि ‘गाँठ वाला हरुले नै बेसी उसको शिकार गर्ने अवसर पाउदथे, यो चाहिँ यौटा यथार्थ थियो । जसका कारण उसका अन्य रहरहरु पनि पुरा हुँदै गइरहेका थिए ।

 पोखिएको बैशलाई संहाल्न नसक्दा दुर्घटित भएको उसको जीवनको त्यो पल समय बित्दै जाँदा पेशाकै रुपमा बदलिन पुग्यो । देह ब्यापार के होरु र मानिसहरु यसको ब्यापार किन गर्छन्रु भन्ने कुरा समेत थाहा नपाएकी पातली आज त्यस भेगकै चर्चीत बेश्या बन्न पुगेकी छे । देह व्यापारबाट कमाएको पैसाले उसका भौतिक एवं शारीरिक आवश्यकताहरु पुरा गरे पनि आत्मिक सुखानुभूति भन्ने पटक्कै छैन उसलाई । जता ततैबाट हुने निन्दाका शब्दबाणहरुले छेडिने मुटुको असह्य पीडा बोकेर तिरष्कृत एवं उपेक्षित जीवन बाँचिरहेकी आफ्नो बाँकी जिन्दगी कसरी बित्ने होरु यही यौटा अनुत्तरित प्रश्न बनेर अतितको आफ्नो भूलालाई निहालीरहेकीछे ऊ ।

 इन्द्रमणी नेपाल
 भोटसिपा ९, सिन्धुपाल्चोक
 हालः दोहा, कतार
Don't Miss
© all rights reserved
made with by netKUTI