नायिका निता ढुँगाना
नेपालमा नव नायिकाहरुको आगमन भैरहेको छ र उनीहरुबाट केही आशा गर्ने ठाउँ पनि छ । अभिनयका हिसावले चलचित्र ‘चाँडै आउ है’ बाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, निता ढुंगाना । तर उनले अभिनय गरेर प्रदर्शन भएको पहिलो चलचित्र भने ‘हाम्रो माया जुनी जुनी’लाई हो । हालसम्म ८ वटा सिनेमामा अभिनय गरिसकेकी नायिका निताले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनै नायिका नितासँग विजय आवाजले गरेको चटपटे कुराकानीः
नामको अर्थ ?
मलाई थाहा छैन ।
तपाईं घमण्डी या स्वार्थी ?
म घमण्डी हुँ ।
आफ्नो सेक्सी अंग ?
आँखा
पुरुषको आकर्षण ?
आखा
१० वर्षपछिको तपाईं ?
नायिका नै भएर काम गरिरहेको हुन्छु होला ।
बिहे अघिको सेक्स ?
मलाई राम्रो लाग्दैन ।
मनपर्ने पुरुष ?
सलमान खान ।
देख्ने बित्तिकै चुम्बन गर्न मन लाग्ने पुरुष ?
सलमान खान । म सपना पनि सलमान खानलाई देख्छु । सपनामा जे–जे गर्छु सबै उसैसँग नै गर्छु ।
डेटमा जान मन लागेको पुरुष ?
सलमान खान ।
बिहे गर्न योग्य पुरुष ?
मलाई बुझ्ने ।
घुम्न मन लागेको देश ?
अमेरिका ।
हिंड्दा हिंड्दै कसैले पछाडिबाट पिटेमा ?
अचम्ममा पर्छु ।
बिहान उठ्दा पुरै अनुहार कालो भएमा ?
तर्सिन्छु होला ।
ब्लु फिल्म हेर्नु भएको छ ?
एकपटक हेरेको छु ।
आफ्नो मोवाईल या कप्युटरमा छ ?
छैन ।
मिठो पकाउने खानेकुरा ?
कुखुराको मासु ।
गर्न अल्छी लाग्ने काम ?
भाँडा माझ्न ।
नेपाली सिनेमामा सेक्सी लाग्ने नायक ?
आर्यन सिग्देल ।
कुनै फ्यानले सेक्सको प्रपोज गरे ?
मान्छेको ईच्छा हो, कसैल गर्न सक्छ । तर, म उसलाई गाली गर्छु ।
कस्तो सिनेमा खेल्ने रहर छ ?
एकदमै एडिक खालको भुमिका गर्ने रहर छ ।
नायिका हुन कत्तिको गाह्रो रहेछ ?
धेरै नै गाह्रो छ । सबैभन्दा गाह्रो त कसैसँग ट्याकलिङ गर्न गाह्रो लाग्यो मलाई ।
अबको प्रोजेक्ट ?
‘बोस’ र ‘तिमीले दिएको माया’
‘बोस’को बारेमा के भन्नुहुन्छ ?
यो एउटा लभस्टोरी र एक्सन फिल्म हो ।
साभार : अनलाईन खवर (विजया आवाज)
साभार : अनलाईन खवर (विजया आवाज)