कठमान्डौ पुस २८ गते ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि पार्टी विवाद समाधानको बिषयमा शीर्ष नेताहरुसँगको छलफललाई निरन्तरता दिनु हुने भएको छ । बरिष्ठ उपाध्यक्ष मोहन बैद्य र प्रचण्डबीच पार्टी विवाद मिलाउने बारेको छलफल सहमति नजिक पुगेको यसअघि बताइए पनि फेरि केही नेताहरुले असन्तुष्टि जनाएका कारण विवाद बल्झिएको माओवादी स्रोतले जनाएको छ ।
उपाध्यक्ष बैद्य पक्षका नेता महासचिव रामबहादुर, थापा, स्थायी समिति सदस्य नेक्रविक्रम चन्द लगायतका केही पोलिटव्यूरो तथा केन्द्रीय सदस्यहरुबीच समान धारणा नबनेका कारण एकीकृत मस्यौदा बनाएर केन्द्रीय समितिमा प्रस्तुत गर्ने बारे प्रचण्डले छलफल गर्न लाग्नु भएको बताइएको छ ।
आजै दिउँसो पदाधिकारी बैठक बस्ने तयारी माओवादीले गरेको छ । बिगतमा भएका बिभिन्न सहमति, सरकार गगठन लगायतका बिषयमा भएका प्रक्रियालाई सच्याउनुपर्ने बैद्य पक्षले अडान लिदै आएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।