Responsive Ad Slot

latest

विद्युत प्राधिकरण चितवनको छडके चेकजाच प्रभावकारी बन्दै I

Thursday, January 5

/ by Admin BHOLA THAPA

नारायण सापकोटा चितबन ,पुस २१ गते ।
नेपाल विद्युत प्राधिकरण चितवनले सुरक्षाफोर्स सहित जारी राखेको छडके चेकजाच प्रभावकारी बन्दै गएको छ । छडके चेकजाचका कारण विद्युत चुहावटमा कमि आएको प्राधिकरणले जानकारी दिएको छ ।

पश्चिम चितवनको विभिन्न ठाउ“मा ४१ प्रतिशत विद्युत चुहावट हु“दै आएकोमा छडके चेकजाच संगै २३ प्रतिशतमा चुहावट घटेको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका प्रमुख उमेश कुमार झाले बताउनुभयो । छडके चेकजाचबाट हाल सम्म १३ लाख रुपैया“ राजश्व संकलन गरेको उहा“ले जानकारी दिनुभयो ।
धेरै विद्युत चुहावट भएका क्षेत्रमा दैनिक दुईघण्टा बढी लोडसेडिङ हु“दै आएकोमा पश्चिम चितवनमा भने जारी दुईघण्टा लोड सेडिङको कार्यतालिका वाट घटाएर अन्य क्षेत्र सरहनै लोडसेडिङका लागि प्राधिकरणले आन्तरिक तयारी गरेको छ । त्यसका लागि भरतपुर शाखाले क्षेत्रीय कार्यालय हेटौडामा परिपत्र समेत गरेको छ । भरतपुर शाखाका अनुसार एकदुई दिनभित्रमा नै लोडसेडिङको कार्यतालिका भरतपुर नगरपालिका सरहनै हुने बताइएको छ ।

विगत केही महिना अघिदेखि चितवनका राजनीतिक दल, यहा“का सुरक्षा प्रमुख एवम सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको संयुक्त बैठकले सुरक्षाफोर्स सहित छडके चेकजाच अभियान शुरु गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI