Responsive Ad Slot

latest

पैसा कमाउने स्पेन का नेपाली हरुको अनेक तरिका I

Wednesday, January 4

/ by Admin BHOLA THAPA
बिजय शर्मा दर्पण |
बेलायत पुस २० गते ।

स्पेन मा यस्ता घटिया नेपाली हरु पनि बस्दा रहेछन भन्ने कुरा भर्खर बेलायत बाट पिडित भई स्पेन आएका नेपाली बिद्यार्थी हरुले बताएका छन् | एकजना नेपाली सागर पुरी नामक एक व्यक्ति ले कोठा मा राख्ने बहाना मा नेपाली बिद्यार्थी हरु तथा अरु देश बाट स्पेन मा छिरेका नेपाली हरुलाई महँगो पैसा लिएर आफ्नो मुहार छर्लंग बनाएका छन् | स्पेन को C/JAUME HUGET .6-2-2 बेसोस मार बार्सिलोना मा बसोबास गर्दै आएका छन् | नेपाली हरु स्पेन मा छिर्ने बित्तिकै यो गर्छु ऊ गर्छु भनेर आफ्नो कोठामा लैजाने र महिना दिन नबित्दै यति रुपैया लाग्यो भनेर लागेको पैसा भन्दा डबल पैसा लिने गरे को थाहा हुन आएको छ | 

सुरुमा महिनाको खानेपानी को पैसा नतिर्ने ,बिजुलीको पैसा नतिर्ने ग्यासको पैसा नतिर्ने भन्दै कोठामा राखेर २ महिना पछि सबै को लागेको पैसा दिन पर्छ भनेर मध्य रात मा ख्याप्ख्याप्ति पारेको एक परिवार संगै बस्दै आएका नेपाली ले बताए | त्यस्तै एक महिना अघि बेलायत बाट स्पेन आएका नेपाली बिद्यार्थी लाई दुई जना राख्ने कोठामा ३ जना राखेर सबै संग बराबर पैसा उठाउनु का साथै नयाँ आएका बिद्यार्थी हरु संग बाट पैसा हसुल्ने का साथै कोठामा राखेका सबै चिज हरु आफ्नो भोग गर्दै आएका छन् | 

पैसा बढी लिने र सबै घरको कर बिजुलोको बिल ग्यासको बिल खानेपानी को बिल सबैको पैसा तिर्न बाध्य बनाई नतिर्ने भए अहिले नै कोठा छोड्न धम्कि दिएको बेलायत बाट भर्खर स्पेन छिरेका अमृत ले बताएका छन् |
नेपाली संघ संस्था ले पनि यस्ता व्यक्ति हरुलाई प्रोत्शाहन दिने गरेका छन् | यहाँ भएका नेपाली संघ संस्था लाई जानकारी गराउदा कुनै प्रतिक्रिया नदिने गरेका छ | स्पेन मा बस्ने अधिकांश नेपाली हरुले कुनै स्थायी काम नपाएको हुनाले नयां आउने नेपाली लाई नै ठगेर आफ्नो आम्दानी को स्रोत बनाएका छन् | यो मेरो घर मा बस्छ भनेर पैसा नलाग्ने कागज मा पनि सबै संग २०० युरो लिने गरिएको पाइएको छ | 

हरेक नेपाली नेपाली मिलेर बस्ने ठाउँमा नेपाली लाई नै ठग्ने प्रबिधि बढेकोले यथाशिघ्र कुनै उपाय अपनाई दिनु हुन नेपाली संघ संस्था हरुलाई भर्खर स्पेन छिरेका नेपाली हरुले अनुरोध गरेका छ |
Don't Miss
© all rights reserved
made with by netKUTI