बिकास पाण्डे , तनहुँ (देबघाट)माघ १ गते ।
रेडियो देबघाटको गौरवमय प्रथम बार्षिक उत्सव–२०६८ को अवसरमा आज बृहत भजन लोकदोहोरी विविध धार्मिक एव सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । नेपाली रीति रिवाज धर्म र संस्कृतिको संरक्षण र सम्बद्धृनमा आफूलाई समर्पित गराई गत सालको माघ १ गते देखि प्रसारण आरम्भ गरेको रेडियो देवघाटले नेपाली संस्कृतिको संरक्षण गर्ने हेतूले भजन विविध धार्मिक एवं साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
रेडियो देवघाटका कार्यबाहक अध्यक्ष एवं प्रबन्ध निर्देशक विजयराज शर्मा भुषालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवं समाजसेवी सुश्री मैयाँदवी श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो। रेडियो देवघाटका कार्यकारी निर्देशक नवीनराज पौडेलले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लोकप्रसाद भूर्तेल,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरीप्रसाद न्यौपाने ,देबधाट सप्त गण्डकी वातावरण संरक्षण समितीका अध्यक्ष टंक नाथ पैडेल ,महेश संस्कृत गुरुकुलम् का प्राचार्य डा. गुरुप्रसाद सुवेदी,प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्टीय लोक गायक शिरीष देवकोटा ,लोकगायिका कल्पना काफ्ले लगायतले सांगितिक प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाली सनातन धर्ममा आधारित गीति नाटक समेत प्रस्ततु गरिएको थियो ।रेडियो देवघाटको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई आज नै पुरस्कार तथा शिल्ड समेत वितरण गरिएको थियो ।
माघे सक्रान्ति उत्सव, हामा्रे बार्षिक उत्सव भन्ने नारा का साथ मनाएको कार्यक्रममा देशका विभिन जिल्लाबाट आएका १ लाख भन्दा बढी दर्शक श्रोताको सहभागिता रहेको थियो ।
रेडियो देवघाटको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका सम्पूर्ण कार्यक्रमहरु आजबाट नै सकिएका छन् भने आजबाट रेडियो देवघाट दोश्रो वर्षमा प्रवेश गरेको छ ।