Responsive Ad Slot

latest

सहकारीकर्मीहरुको वनभोज कार्यक्रम सम्पन्न I

Tuesday, January 24

/ by Admin BHOLA THAPA

  • उत्कृष्ट बचत  तथा कर्जा प्रवाह गर्ने सहकारी संस्थालाइ सम्मान 


डोलराज रानाभाट

तनहुँ, माघ १०
अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ को अवसरमा राष्ट्रिय सहकारी बैक शाखा कार्यालय तनहूँको आयोजनामा मंगलबार जिल्लाको आँबुखैरेनी  गाविसको आधिमुलमा जिल्लाका सहकारी संघसंस्थाका सहकारीकर्मीहरुको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
बैकले ‘सहकारी संघ संस्थाको दायित्व, सदस्यको आर्थिक सामाजिक एवम् सांस्कृतिक उथ्थान’ विषयक अन्तक्र्रिया एबम् बनभोज कार्यक्रमको आयोजना गरेको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव अम्मर बहादुर कुँवरको प्रमुख आथित्यतामा सम्पन्न भएको अन्तरक्रिया एवं वनभोज कार्यक्रममा बोल्दै उनले सवै सहकारी संघ तथा संस्थाले सहकारी बैकलाई  नै आफ्नै वैक मानेर कारोवार गरे निजि बैक भन्दा सहकारी बैक अग्रणी अवस्थामा पुग्ने बताए । 
कार्यक्रममा जिल्ला सहकारी संघ तनहूका अध्यक्ष पुरुषोत्तम काफ्लेले देश अव आर्थिक क्रान्ति तर्फ उन्मुख भएको भन्दै सहकारी वर्ष सन् २०१२ लाइ सफल बनाउन सवै सहकारीकर्मीले मनै देखि सहयोग गर्नुपर्ने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहि सहकारी संचालन गर्नुपर्ने बताए । 
डिभिजन सहकारी कार्यलय तनहूँका प्रमुख रामचन्द्र लामगादेले सहकारी संघसंस्थाले आयोजना गर्ने गरेका अन्तरक्रिया,वनभोज, तालिम जस्ता कार्यक्रमले कार्यलय र सहकारी संघसंस्था विच सुमधुर सम्वन्ध स्थापित भएको बताए । सहकारी बैक तनहुँ शाखाका सह सयोजक श्रीप्रसाद भट्टराइ को सभापतित्वमा सम्पन्न अन्तरक्रिया एवं वनभोज कार्यक्रममा जिल्लाका विभिन्न २३ विषयगत सहकारी संघ सस्थामा आबद्ध ५५ सहकारीकर्मीहरुको सहभागीता रहको थियो ।
बैकले वर्षभरी सवैभन्दा बढि बचत गरेको भन्दै दमौली स्थित व्यास बचत तथा ऋण सहकारी संस्था र उत्कृष्ट कर्जा प्रवाह गरेको भन्दै खड्गमाइ आमा बचत तथा ऋण सहकारी संस्था बन्दिपुरलाइ पं्रशसा पत्रले सम्मान गरेको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI