काठमाडौ पुस १८ गते ।
मन्त्रीपरिषदको बैठक आज बस्दै छ । मुलुकको पछिल्लो अबस्था ,शान्ती सुरक्षा लगाएतका विषयमा छलफल गर्न बैठक बोलाईको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबमरमा दिउँसो साँढे २ बजे बस्ने बैठकमा सेना समायोजन बिशेष समितीले हिजो गरेका निर्णय कायाृन्वयनका लागी सरकारले खेल्नुपर्ने भुमिकाका बिषयमा पनि छलफल हुनेँ प्रधानमन्त्रिको निजि सचिवालयले जनाएको छ ।विभिन्न सरुवा वढुवा तथा नियुक्ती लगाएतका एजेण्डामा पनि छलफलहुने एकजना मन्त्रीले बताएका छन ।
यता लगानी बर्ष मनाउने बिषयमा छलफल गर्न लगानी बोर्डको बैठकपनि आजै बस्दै छ ।
साँढे ९ बजे पछि प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबमरमा बस्ने बैठकमा सरकारले घोषणा गरेको लगानी बर्षलाई कसरी सफल बनाउनेँ भन्ने बिषयमा छलफल हुनेँ छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बस्नेँ बैठकमा अर्थमन्त्री बर्षमान पुन लगायत संबन्धित मन्त्रालयका सचिबलाई बोलाईएको छ ।