काडमाण्डौ, माघ ८ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहित हवाई इन्धनको मुल्य बढाएपछि बिमान सेवा सन्चालकहरुले हवाई भाडा बढाएका छन । नेपाल बायुसेवा संचालक संघका अनुसार हिजो बसेको संचालक समितिको बैठकले सस्तो र महंगो दुबै दरमा ५५ रुपैंया देखि एक सय ९० रुपैया सम्म भाडा बृद्धि गरको हो । बढेको भाडादर बुद्ध एयरले हिजो देखिनै लागु गरेको छ भने यती र अन्य कम्पनिले तीनदिन भित्र समायोजन गरीसक्ने जनाएका छन ।
संघका अनुसार बढेको भाडा दर अनुसार सस्तो फेयरकालागी अब यात्रुले काठमाण्डौ देखि सीमरा विमानस्थलसम्म एक हजार एकसय ८० रुपैयाँ, भरतपुर विमानस्थलसम्म एक हजार तीन सय ७५ रुपैयाँ, जनकपुर विमानस्थलसम्म एकहजार ५ सय ७५ रुपैयाँ, पोखरा विमानस्थलसम्म एकहजार ७ सय ७०, भैरहवा विमानस्थलसम्म २ हजार एकसय ६५ रुपैयाँ, भद्रपुर विमानस्थलसम्म २ हजार ८ सय ५५ रुपैयाँ, बिराटनगर विमानस्थलसम्म २ हजार ४ सय २५ रुपैयाँ, नेपालगन्ज विमानस्थलसम्म ३ हजार ८५ रुपैयाँ र धनगढि विमानस्थलसम्मका लागी ४ हजार ६५ रुपैंया तिनुपर्ने छ ।