सुजन अभागि,
श्रम मामिलामा सहयोग पुर्याउन फेबुअरी देखी कुवेतको नेपाली दूताबासमा श्रम सहचारी हुनेछन । श्रम मन्त्रालयले
नियुक्ति गरेर पठाएकी कर्मचारी सिर्जना तिवारी फेबुअरी दुईका दिन कुवेत आउदै छन । सिर्जना श्रम तथा यातायात ब्याबस्था मन्त्रालयमा पाँच बर्ष देखी शाखा अधिकृतको रुपम कार्यरत छन ।
श्रमले साउदी अरब, कतार, मलेसिया, दुबई, कुबेत र दक्षिण कोरियामा श्रम सहचारी नियुक्ति गरी सहमतिका लागि परराष्ट्रलाई अनुरोध गरेको थियो । कुबेत र दक्षिण कोरियामा पहिलो पटक श्रम श्रम सहचारी नियुक्त गरिएको हो भने बाँकी चार मुलुकमा खटिएका श्रम सहचारीको कार्यावधि सकिसकेको छ । यूएईमा पठाएको श्रम सहचारी पार्वती अर्याल भने राजदूतले असहयोग गरेको बताउँदै फर्किसकेकी छिन् ।
वैदेशिक रोजगार ऐनअनुसार ५ हजारभन्दा बढी कामदार भएको मुलुकमा श्रमसहचारी र एक हजार भन्दा बढी महिला कामदार भएको ठाउँमा महिला श्रम सहचारी पठाउने नियम छ । मन्त्रिपरिषद्ले १० मुलुकमा श्रमसहचारी पठाउन मापदण्ड स्वीकृत गरे पनि परराष्ट्रले ६ वटामा मात्रै सहमति दिएको छ । जापान, इजरायल, हङकङ, र ओमानमा श्रम सहचारीको सहमति दिएको छैन ।
कुबेत महिला कामदार समस्या बढी भएको मुलुक भएकोले सम्बन्धित विषयका अनुभवी र योग्य कर्मचारीलाई श्रम सहचारीमा नियुक्ति गरेर पठाइएको छ श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले नेपालकुवेत डट कम सँग भने । सिर्जना सँग मलेशिया, कोरिया, होङकङ र सिगापुरमा काम गरेको अनुभव छ र वहाँलाई भाषा, कूटनीतिको तालिम दिएर पठाइएको छ ।
सिर्जना तिवारी श्रमकी कर्मचारी हुन् । श्रम सहचारी दूतावासमा राजदूत मातहतमा रहन्छन । कुवेतको दूताबसमा अत्याधिक घरेलु कामदारहरुको समस्या आउने गरेको छ । प्रयाप्त कर्मचारी नहुँदा दूताबासलाई कामगर्न पर्ने गरेको कठिनाइमा सहयोग पुग्ने छ भने पिडितहरुले पनि बेलामा राहात पाउने भएका छन ।
श्रम सहचारी परराष्ट्रकै सल्लाहमा मापदण्ड बनाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरेको हो । श्रम सहचारी मास्टर डिग्री पासगरेको अग्रेजि राम्रो सँग लेख्न र बोल्न सक्ने कम्तिमा पनि दुई बर्षकाम गरि सकेको उपसचिव र शाखा अधिकृत दर्जाका कर्मचारिलाई नियुक्त गरिएको छ । कुवेतका लागि नियुक्त सिर्जना शाखा अधिकृत हुन ।
सिर्जनाले एनआरएन लगाएत नेपाली समाज कुवेतको सहयोग लिएर कामगर्ने नेपालकुवेत डोटकम सँगको कुराकानीमा बताएकि छन ।