काठमाडौ पुस ३० गते ।
चिनिया प्रधानमन्त्री बेन जियावाओको नेपाल भ्रमणलाई व्यवस्थीत र उपलव्धीमुलक बनाउने रणनिति तय गर्न अहिले मन्त्रीपरिषदको आकस्मीक बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सुरक्षा व्यवस्थालाई
चुस्तदुस्त राख्ने, चिन विरोधी गतिविधि हुन नदिने लगाएतका विषयमा केन्द्रित रहेको एक मन्त्रीले जानकारी दिएका छन । त्यसैगरी चिनसंग नेपालले गर्ने संझौता र सहयोग आदान प्रदानका विषयमा मन्त्रीपरिषदले निर्णय गर्ने उद्योगमन्त्री अनिल झाले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
उहाले चिनिय प्रधानमन्त्रीको भ्रमणका बारेमा मन्त्रीपरिषद बैठकपछि मात्रै सार्वजनिक रुपमा जानकारी दिइने बताउनु भयो ।प्रधानमन्त्री वावुराम भट्टराईको भ्रमणका क्रममा भारतसंग विप्पा गरेको सरकारले चिनसंग पनि विप्पा गर्न पुर्ण तयारी अवस्थामा रहेको मन्त्री झाले जानकारी दिनु भयो ।
चिनसंग हुने संझौताहरुका बारेमा सरकारले औपचारिक रुपमा कुनै जानकारी नदिएपनि सरकारले चिनसंग माओबादी लडाकुहरुको व्यवस्थापन, काठमाण्डौको ट्राफिक व्यवस्थापन, उत्तरी सिमा नाकाहरुमा सुख्खा बन्दरगाह, सुरुड मार्ग निर्माण,
रेलमार्ग विस्तार, जलविद्युत परियोजना संचालन लगाएतका कामहरुका लागी आर्थिक सहयोग माग्ने तयारी गरिरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार करिव चारसय अर्व रुपैयाको सहुलियत ऋण दिने आग्रह गर्ने तयारी पनि सरकारले गरिरहेको छ।